काठमाडौ । पत्रकार संगठनका जिल्ला नेता एवं माडी खबर साप्ताहिकका सम्पादक केन्द्र प्रकाश पि.विंमाथी स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा सोही नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष टेक बहादुर भट्टराईले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट पत्रकारको टाउको छाती लगायतका स्थानमा गम्भीर चोट लागेको छ ।
पत्रकार पिविको आक्रमणपछि जिम्मेवार जनप्रतिनिधि बाटै यस्तो खालको आक्रमण हुनु दुखद भएको भन्दै पत्रकारहरुले देशभरी नै आन्दोलन गर्ने भएका छन् । जनता द्वारा निर्बाचित जनप्रतिनिधिले नै पत्रकारलाई समचार संकलन गर्न जादा अनियमितता र भष्ट्रचारको प्रशङ्ग उठाउदा उल्टो खुकुरी हान्नु पराजित मानसिकताको उपज भन्दै त्यस्ता जनप्रतिनिधि लाई तत्काल कारबाही गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
पत्रकारलाई खुकुरी हान्ने जनप्रतिनिधि लाई तत्काल कारबाही नगरे,चरणबद्ध अान्दोलनमा जान्छौं -अध्यक्ष डुम्रे
प्रदिप पाठक/ क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले प्युठानमा पत्रकार आक्रमण गर्ने जनप्रतिनिधिलाई तत्काल कार्वाहीको माग गरेका छन । सोमबार अाफ्नो पत्रकार संगठनका जिल्ला नेता एवम् माडी खबर साप्ताहिकका सम्पादक केन्द्र प्रकाश पि.वि.लाई स्वर्गद्वारी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा सोही नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष टेक बहादुर भट्टराईले खुकुरी प्रहार गरि घाइते बनाएका पत्रकार पिविको स्वास्थ्य अवस्था बुझ्न मध्यराति लुम्बिनी अञ्चल हस्पिटल बुटवल पुगेका सँगठनका केन्द्रीय अध्यक्ष डुम्रेले नेपाली प्रेस माथि पछिल्लो समय हुने गरेको घटना एवम् अाक्रमणको पछिल्लो कडि पत्रकार पिविको अाक्रमण हो भन्दै जिम्मेवार जनप्रतिनिधि बाटै यस्तो खालको अाक्रमण हुनु दुखद भएको बताए ।
जनता द्वारा निर्बाचित जनप्रतिनिधिले नै पत्रकार लाई समचार सँकलन गर्न जादा अनियमितता र भष्ट्रचारको प्रशङ्ग उठाउदा उल्टो खुकुरी हान्नु पराजित मानसिकताको उपज भन्दै त्यस्ता जनप्रतिनिधि लाई तत्काल कारबाही गर्नुपर्ने कुरामा जोड दिए । अध्यक्ष डुम्रेले उक्त घटनाको घोर भत्सर्ना गर्दै घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना सहित सो रबैयाले सरकार र सरकारका प्रतिनिधिबाट नै हुने यस्ताखाले घृणित क्रियाकलापले यो व्यवस्थाप्रति नै प्रश्न चिन्ह खडा गरेको बताए उनलेे दोषि जनप्रतिनिधि वडाध्यक्षलाई तत्काल कार्वाहीको माग समेत गरेका छन । उनलेे दोषी जनप्रतिनिधि माथि कारबाही नगरे चरणबद्ध अान्दोलनमा उत्रने समेत बताए ।
No comments:
Post a Comment