Friday, December 28, 2018

पार्टीलाई एकताबद्ध बनाउन वडास्तरसम्मका कार्यकर्ता लाग्नुपर्छ : महामन्त्री डा. कोइराला

बेलौरी  । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले एकताबद्ध भएर लाग्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कञ्चनपुरको बेलौरीमा आज नेपाली काङ्ग्रेस कञ्चनपुर क्षेत्र नं १ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै महामन्त्री कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन वडास्तरसम्मका कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टीभित्र एकता नभएकै कारण काङ्ग्रेसले निर्वाचनमा हार व्यहोरेकाले पार्टीभित्र मित्रता र सहकार्य भए आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी हुने दाबी गर्नुभयो ।

वर्तमान सरकारले केही काम गर्न नसकेको भन्दै उहाँले निर्मला पन्त हत्या प्रकरणमा सरकारको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको आरोप लगाउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय दिलेन्द्रप्रसाद बडू र नारायणप्रकाश साउँद तथा अन्य नेताले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

जान्नुस् आँखा फर्फराउनुका डरलाग्दा र शुभ संकेत


एजेन्सी । हाम्रो समाजमा आँखा फर्फराउनुलाई शुभ र अशुभ संकेतका रुपमा हेरिन्छ ।
यस विषयमा केही अध्ययन पनि भएका छन् । जसबाट २३ वटा बुँदामा शुभ र अशुभ संकेत पत्ता लागेका छन् । तपाईको जीवनमा पनि भविष्यको घटनालाई संकेत गर्ने कडीका रुपमा आँखा फर्फराउने लिइएको होला ।

त्यसकारण कुन आँखा फर्फराउँदा के हुन्छ थप जानकारी लिनुस्ः

1) यदि महिलाको दायाँ आँखा फर्फराएमा शुभ समाचार सुन्न पाइन्छ भने पुरुषहरुको बायाँ आँखा फर्फराउनु राम्रो मानिन्छ । महिलाको बायाँ आँखा फर्फराउनुको अर्थ उनको परिवारमा कुनै सदस्य बिरामी हुनु हो ।
2) बायाँ आँखाको माथिल्लो भागा फर्फराउँछ भने तपाईंको दुश्मनसँग अझ दुश्मनी बढ्न सक्छ । आँखाको तल्लो भाग फर्फराउँछ भने बेकारमा कुनै कुरामा तपाईंको बहस हुनेछ र तपाईं अपमानित हुनुपर्नेछ ।
3) बायाँ आँखाको नाकको तर्फको कुना फर्फराउँछ भने यसको संकेत शुभ हुने गर्दछ । पत्र प्राप्तिको सूचना पाइने गरिन्छ अथवा कुनै प्रिय व्यक्तिसँग तपाईंको भेट हुनसक्छ ।
4) यदि कुनै महिला वा पुरुषको दुबै आँखा एकैपटक फर्फराउँछ भने यसको फल दुबैमा एकै प्रकारको हुने गर्दछ । कुनै छुटिएका राम्रा साथीहरुसँग भेट हुन सक्छ ।
5) दायाँ आँखा पछाडि भागबाट फर्फराउँछ भने यसको फल अशुभ हुने गर्दछ । बायाँ आँखा माथिल्लो तर्फ फर्फराउँछ भने यसको फल शुभ हुन्छ । महिलाको बायाँ आँखा फर्फराउँछ भने यसले पनि शुभ फलको संकेत गर्दछ ।
6) यदि दुबै गाला फर्फराउँछ भने तपाईंलाई अतुल धन प्राप्त हुनसक्छ । यदि ओठ फर्फराउँछ भने तपाईंको कुनै हितैषीको आगमन हुने गर्दछ । मुख फर्फराउनुको अर्थ तपाईंको छोराको तर्फबाट शुभ समाचारको सूचक हुने गर्दछ । यदि लगातार दाहिने आँखाको माथिल्लो भाग फर्फराउँछ भने शारिरिक कष्ट हुनसक्छ ।
7) यदि दायाँ हत्केला फर्फराउँछ भने तपाईंलाई पैसा र मानसम्मान मिल्ने गर्दछ भने बायाँ हत्केला फर्फराउँछ भने पैसाको हानी नोक्सानी हुने गर्दछ ।
8) ओठ फर्फराउँछ भने कुनै प्रिय कुरा पाउने संकेत हो । यदि ओठको माथिल्लो भाग फर्फराउँछ भने तपाईंको शत्रु नाश हुने गर्दछ । ओठको तल्लो भाग फर्फराउाछ भने कुनै प्रिय साथीसँग तपाईंको भेटघाट हुने गर्दछ ।
9) यदि तपाईंको दायाँ घुँडा फर्फराउँछ भने सुन प्राप्ति हुनसक्छ । दायाँ घुँडाको तल्लो भाग फर्फराउँछ भने तपाईंको शत्रुमाथि विजय प्राप्ति हुने गर्दछ । यस्तै, बायाँ घुँडा फर्फराउँछ भने तपाईंको रोकिएको काम पूरा हुनेछ ।
10) यदि तपाईंको दायाँ काँध फर्फराउँछ भने तपाईंको छुट्टिएको भाइ भेटिने संकेत हुनसक्छ र यदि बायाँ काँध फर्फराउँछ भने रक्त विकार अथवा बाथ सम्बन्धि रोग हुनसक्छ । यदि दुबै काँध फर्फराउँछ भने तपाईंको कुनै व्यक्तिसँग झगडा हुनसक्छ ।
11) यदि तपाईंको जुंगा फर्फराइरहेको छ भने तपाईंको लागि यो शुभ संकेत हो । यसले समृद्धि आउने गर्दछ । यदि तपाईंको जुंगाको बायाँ हिस्सा मात्र फर्फराइरहेको छ भने तपाईंको कुनै व्यक्तिसँग बहस हुने सम्भावना रहेको हुन्छ ।
12) यदि तपाईंको दाहिने कनपट्टी फर्फराइरहेको छ भने तपाईं जुन कामको लागि जाँदै हुनुहुन्छ त्यसमा तपाईंले सफलता पाउनुहुन्छ र यदि बायाँ कनपट्टी फर्फराइरहेको छ भने तपाईंले आफूले चाहेको वस्तु पाउनुहुन्छ ।
13) यदि तपाईंको दायाँ कान फर्फराएमा तपाईंले शुभ समाचार पाउन सक्नुहुन्छ । बायाँ कान फर्फराएमा प्रतिष्ठित व्यक्तिसँग तपाईंको भेटघाट हुने सम्भावना रहेको हुन्छ ।
14) यदि तपाईंको पूरै टाउको फर्फराइरहेको छ भने तपाईंले यो सबैभन्दा राम्रो शुभ स्थिती हो । यस्तो अवस्थामा तपाईंले अरुको धन पाउन सक्नुहुन्छ, कुनै मुद्दामा जित हाँसिल गर्नुहुन्छ, राजसम्मान पाउन सक्नुहुन्छ अथवा भूमी प्राप्त गर्नसक्नुहुन्छ ।
15) यदि तपाईंको दायाँ आँखीभौं फर्फराए तपाईंको मनोकामना पूरा हुनेछ । बायाँ आँखीभौं फर्फराए शुभ समाचार पाउनुहुन्छ । दायाँ आँखाको माथिल्लो तर्फको भाग फर्फराउँछ भने तपाईंले पैसा र कीर्ति पाउनुहुन्छ अथवा जागिरमा पदोन्नती हुनसक्छ तर तल्लो भाग फर्फराए केही अशुभ हुने सम्भावना व्यक्त गर्दछ ।
16) यदि तपाईंको कुर्कुच्चा फर्फराउँछ भने यो आर्थिक लाभको शुभ संकेत हो । दायाँ कुर्कच्चा फर्फराउँछ भने यसले बिरामी भएको सूचना दिइरहेको छ । बायाँ कुर्कच्चा फर्फराइरहेको छ भने तपाईंले कुनै अपराधका कारण जेल जानुपर्ने हुन्छ ।
17) यदि तपाईंको पिठ्युँ फर्फराए कुनै विपदमा फस्ने सम्भावना हुने गर्दछ । पिठ्युँको दाहिने तर्फ फर्फराए तपाईंलाई आँखाको रोग हुनसक्छ । छाती फर्फराए मित्रको मिलनको सूचनक हो । छातीको माथिल्लो भाग फर्फराए झगडा हुने सम्भावना हुन्छ । नितम्ब फर्फराए प्रसिद्धि अथवा सुखको सूचक हो ।
18) यदि तपार्ईंको पेट फर्फराउँछ भने यो अन्नको समृद्धिको सूचना दिने गर्दछ । यदि पेटको दायाँ हिस्सा फर्फराइरहेको छ भने घरमा धनको वृद्धि हुनेछ भने सुख र खुसी बढ्ने गर्दछ ।
19) यदि तपाईंको बायाँ भाग फर्फराउँछ भने धन समृद्धि ढिलो रुपमा बढ्ने गर्दछ र यो शुभ संकेत होइन ।
20) यदि तपाईंको माथिल्लो भाग फर्फराउँछ भने यो अशुभ हुने गर्दछ । तर पेटको तल्लो भाग फर्फराउँछ भने स्वादिष्ट भोजनको सम्भावना हुने गर्दछ ।
21) यदि पिठ्युँ दायाँ तर्फ फर्फराइरहेको छ भने धन धान्यको वृद्धि हुनसक्छ तर पिठ्युँको बायाँ भाग फर्फराउनु ठिक होइन । यस्तो भए, मुद्दा मामलामा हार र कोहीसँग झगडा हुने गर्दछ ।
22) यदि बायाँ पिठ्युँ बिस्तारै फर्फराइरहेको छ भने परिवारमा छोरीको जन्म हुने सम्भावना हुनसक्छ र यदि तेज रुपमा फर्फराइएको छ भने समयभन्दा पहिले नै प्रसव हुनसक्छ ।
23) यदि पिठ्युँको माथिल्लो भाग फर्फराइरहेको छ भने धन प्राप्ति हुन सक्छ र तल्लो भाग फर्फराइरहेको छ भने धेरै मानिसबाट प्रशंसा पाइने सम्भावना हुन्छ ।

प्रथम बेलौरी माघी मेला २०७५ को आयोजना हुनेबारे पत्रकार सम्मेलन

हाम्रै साझा पत्रिका
बेलाैरी, पुस १२
       थारूहरूकाे महान पर्व माधे सक्रान्तीकाे अवसर पारेर थारू कल्याणकारिणी सभा बेलाैरी नगर समितिले पुस २७ गते देखि कञ्चनपुरकाे बेलाैरीमा प्रथम बेलाैरी माघी मेलाकाे अायाेजना गर्ने भएकाे छ ।

विहिवार बेलाैरी स्थिति अाफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि थारू कल्याणकारीणी सभाले कार्यक्रम बारे जानकारी गराएकाे हाे । थारू एकता हमार सान , शिक्षा भाषा सँस्कृती पाैर्हैटी लैजीना हमार अभियान भन्ने मुल नाराका साथ बेलाैरीमा पहिलाे पटक बृहत् कार्यक्रमका साथ प्रथम बेलाैरी माघी कार्यक्रमकाे अायाेजना गरिन लागेकाे प्रचार प्रसार सँयाेजक कृष्ण गम्वाले जानकारी दिनुभयाे।

जातिय पहिचान, भाषा, धर्म तथा सँस्कृतीकाे जगेर्ना तथा प्रचार प्रसार गर्ने मुख्य उदेश्यले कार्यक्रमकाे अायाेजना गरिएकाे अायाेजकले जनाएकाे छ । माघी मेला पुस २७ गते देखि २९ गते सम्म तीन दिन सञ्चालन हुनेछ। कार्यक्रम सफल बनाउन विभिन्न उप समिति पनि गठन गरिएकाे छ । अार्थिक ब्यवस्थापनमा रेशम चाैधरी, सँस्कृती ब्यवस्थापनमा दीनेश चाैधरी, स्टल तथा झाँकी ब्यवस्थापनमा विक्रम चाैधरी, सुरक्षा ब्यवस्थापनमा जगदिश चाैधरी, मञ्च ब्यवस्थापनमा मनाेज चाैधरी, पार्किङ्ग ब्यवस्थापनमा सुरज चाैधरी, स्वास्थ्य ब्यवस्थापनमा दीपेन्द्र चाैधरी, कलाकार ब्यवस्थापनमा रमेश चाैधरी, स्वागत सम्मान ब्यवस्थापनमा अारती चाैधरी, प्रचार प्रसार ब्यवस्थापनमा कृष्ण गम्वा, अतिथि सत्कार ब्यवस्थापनमा महेश चाैधरी र जनसम्पर्क ब्यवस्थापनमा पर्शुराम चाैधरी काे सँयाेजकत्वमा उपसमिति गठन गरिएकाे छ ।

माघी मेलामा थारू खानाका परिकार बँगुरकाे मासु, माछा, ढिक्रि, सिन्की, बयरकाे चटनी, तिलकाे अचार, जाँडकाे झाेल अादी उपलब्ध गराईने अायाेजकले बताएकाे छ । साथै कार्यक्रम अवधि भर थारू समुदायकाे कला सँस्कृती झल्किने झाँकी, मघाैटा नाच, मुङ्ग्रह्वा नाच, झुम्रा नाच, थारू तथा गैर थारू कलाकारहरूकाे समेत प्रस्तुती रहने अायाेजकले जनाएकाे छ । कार्यक्रमकाे उद्घाटन नेपाल सरकारका खाने पानी मन्त्री बीना मगरले गर्ने थारू कल्याणकारिणी सभा बेलाैरी नगर सँयाेजक खड्ग बहादुर चाैधरीले जानकरी गराउनु भयाे । तीन दिन सम्म चल्ने उक्त कार्यक्रम अबधिभर बेल्डाँडी, बेलाैरी र पुनर्वासका गरि दस हजार भन्दा बढीले कार्यक्रमकाे अवलाेकन गर्ने अायाेजकले बताएकाे छ ।

थारू कल्याणकारीणी सभाका केन्द्रीय सदस्य जीऊलाल चाैधरी प्रमुख अतिथि रहेकाे साे पत्रकार सम्मेलन कार्यक्रममा विशिष्ट अतिथि थारू कल्याणकारीणी सभा कञ्चनपुरका उपसभापति सुनिता चाैधरी र थारू कल्याणकारिणी सभा बेलाैरी नगर सभापती खडक बहादुर चाैधरी रहनु भएकाे थियाे । प्रचार प्रसार समितिका सँयाेजक कृष्ण गम्वाकाे सभापतित्वमा सम्मपन पत्रकार सम्मेलन कार्यक्रमकाे सञ्चालन था. क. स. कञ्चनपुर जिल्ला सचिव रेशम चाैधरीले गरेका थिए ।

Wednesday, December 26, 2018

न्यून आर्थिकस्तर भएका बालबालिकालाई परदेशबाट न्यानो सुईटर

भानु युवा क्लबको प्रशंसनीय अभियान !
__________________________________________

हेमन्त न्यौपाने
पुनर्वास, पुस ११
      कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ स्थित भानु युवा क्लबले थारु, विपन्न, दलित तथा न्यून आयस्तर भएका बालबालिकाहरुलाई न्यानो सुईटर वितरण गरि प्रशंसनीय अभियान सुरु गरेको छ । पुसमाघको कठ्याँग्रीदो जाडोमा कतिपय विद्यार्थी एकसरो सर्टमा विद्यालय पुग्ने गर्छन । धनी हुनेखानेहरुका बच्चाहरु संस्थागत विद्यालय तर्फ आकर्षित भएका छन । न्यून आयस्रोत हुने अभिभावकहरुले नै आफ्ना सानासाना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्ने एउटा प्रचलन जस्तै बन्दै गएको छ । उनै बालबालिकाहरु जाडो छेक्ने एकसरो कपडा समेत पाउदैनन् ।

यिनै वर्गका बालबालिकालाई राहत होस भन्ने उद्देश्यले पुनर्वास नगरपालिका वडा नम्बर ५ भित्रका ३ विद्यालयमा बुधबार सुईटर वितरण गरिएको छ । यसअधि विभिन्न खेलकुदमा सक्रिय सहभागिता देखाउदै आएको भानु युवा क्लबका सचीव टेक बहादुर थापाको सक्रियतामा यस रचनात्मक काम सुरु भएको हो । वैदेशिक रोजगारीमा रहनुभएका यसै क्लबका पुर्वकप्तान तथा पुर्वखेलाडीहरुको आर्थिक सहयोगमा सुइँटर वितरण गरिएको क्लबका अध्यक्ष पदम बहादुर पुजाराले जानकारी गराउनुभयो ।

वैदेशिक रोजगारीको शिलशिलामा कोरियामा रहनुभएका क्लबका पुर्वकप्तान जितु थापा, पोर्तुगलमा रहनुभएका पुर्वकप्तान नारायण पुजारा त्यस्तै कोरियामा रहनुभएका क्लबका पुर्वखेलाडीहरु रमेश थापा र गोविन्द क्षेत्रीको आर्थिक सहयोगमा वडाको चन्द्रबाल प्राथमिक विद्यालयका बालबालिकालाई ६० जनालाई, मदनआश्रीत विद्यालयमा ६० जनालाई अनि गौरीशंकर माध्यमिक विद्यालयका ९० जना बालबालिकालाई न्यानो सुईटर वितरण गरिएको छ ।

क्लबको यस अभियानमा उपस्थित हुनुभएका पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले खुलेर प्रशंसा गर्नुभयो । उहाँले न्युन आयस्तर भएका सानासाना बालबालिकाहरुको लागि वैदेशिक रोजगारमा रहेरपनि सहयोग पुर्याउने सहयोगी हातहरु प्रति धन्यवाद प्रकट गर्नुभयो । उहाँले क्लबको सक्रियतामा भएको यस रचनात्मक अभियानको प्रसंसा गर्नुभयो ।

मदनआश्रीत प्राथमिक विद्यालयमा सुईटर विवरण कार्यक्रममा उपस्थित हुनुभएका वडा नम्बर ५ का वडाअध्यक्ष वीर बहादुर बिगटीले क्लबले विगत लामो समय देखि खेलक्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै यस अभियानको प्रशंसा गर्नुभयो । त्यस्तै, अध्यक्ष पुजाराले क्लबका पुर्वखेलाडीहरुले गरेको आर्थिक सहयोगका कारण क्लबले यस अभियानलाई सञ्चालन गरेको जिकिर गर्नुभयो । उहाँले अन्य सहयोगी हातहरुले पनि हात अघि बढाउन चाहेपनि उपयुक्त मौका नबनेका कारण सहयोग प्राप्त हुन नसकेको बताउनुभयो ।

क्लबका सचिव टेक थापाले गरिव, जेहेन्दार, थारु, न्युनआयस्रोत भएका बालबालिकाहरुको लागि राहत सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।  क्लबले खेलहरुमा मात्र नभएर अन्य धेरै सहयोगी र प्रेरणादायी कामहरु समेत गर्ने जिकिर गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा रहेर पनि क्लबलाई यस किसिमको रचनात्मक काममा सहयोग पुर्याउने ४ जनाको नाम लिएर विशेष धन्यवाद प्रकट गर्नुभयो । उहाँले आगामी दिनहरुमा पनि यस अभियानले निरन्तरता पाउने बताउनुभयो । सबै विद्यार्थीलाई सुईटर उपलब्ध गराउन नसकिएपनी गरिव बालबालिकालाई सानो राहत उपलब्ध गराईएको उहाँले जनाउनुभयो ।

वैदेशिक रोजगारीमा रहेर आर्थिक सहयोग गरेका ४ जनाका अभिभावकहरुलाई दोसल्ला ओडाई सम्मान समेत गरिएको छ । उहाँहरुले आफ्ना सन्तानले यी सानासाना नानीहरुलाई जाडोका वेला राहत उपलब्ध गराएकोमा गर्ब महशुस भएको बताउनुभयो  । सहयोगी जितु थापाका बुवा गौरीशंकर माध्यमिक विद्यालयका पुर्वप्रधानाध्यापक पदम बहादुर थापाले आफ्नो छोराले यसरी सहयोग गरेको छ भन्ने कुरा सिधै कार्यक्रमबाट मात्र जानकारी पाउँदा एकदमै खुशी महशुस भएको बताउनुभयो । उहाँले अरु सहयोगी मनहरुलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो । 

Monday, December 24, 2018

युगज्योति एकेडेमी २१ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

लाल बहादुर एसके
पुनर्वास, पुस ०९
   कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा सञ्चालनमा रहेको निजि विद्यालय युगज्योती एकेडेमीले आफ्नो २१ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा अर्धबार्षिक परिक्षाको नतिजा प्रकाशन समेत गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको हैसियतमा पुग्नुभएका पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । गुणस्तरीय शिक्षा प्रदान गरिरहेको यस विद्यालयको उज्ज्वल भविष्यको कमना गर्नुभयो । उहाँले पुनर्वासका केहि  निजि विद्यालयहरुले विद्यार्थीलाई भेडाबाख्रा जस्तो गरेर एउटै कोठामा कोचेर पढाउने गरेको बताउनुभयो । उहाँले यस युगज्योतिले अहिलेसम्मको स्थितिमा परिक्षा नजिता राम्रो ल्याएको बताउनुभयो । उहाँले पुनर्वासका ६२ वटै विद्यालयको अनुगमन गरि नतिजा सुधार गरिने जिकिर गर्नुभयो ।

नगरपालिकाका ३२ वटा सामुदायिक विद्यालय र २९ वटा संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर माथि उकास्न नगरपालिकाले रणनीति तय गरेको उपप्रमुख शारदा बिष्ट्ले बताउनुभयो । उहाँले सबै विद्यालयमा बालमैत्री शासन अवलम्बन गर्न निर्देशन दिइएको बताउनुभयो । सबै विद्यालयका शिक्षकहरुको जिम्मेवारीलाई दायित्व सम्झिएर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिशिस्ट अतिथिको आसनमा नगर उप प्रमुख शारदा बिष्ट रहनुभएको थियो । कार्यक्रमका सभापति विद्यालयका अध्यक्ष बिश्वनाथ बिष्ट हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित हुनुभएका पुर्वअध्यक्ष बिष्णुभक्त पौडेलले समेत विद्यालयको प्रगतिको कमना गर्नुभयो ।

पुनर्वासका कानुन व्यावसायि तथा पत्रकार रुद्रमणी विश्वकर्माको निधन

हेमन्त न्यौपाने
पुनर्वास, पुस ०९
________________________________________
      लामो समय देखि कानुन व्यावसायमा आवद्ध भई पुनर्वास टाइम्स पत्रिकाका प्रधानसम्पादक समेत रहनुभएका अधिवक्ता रुद्रमणी विश्वकर्माको आज आकस्मिक निधन भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ निवासी विश्वकर्माले पुनर्वास र आसपासका मुद्दाहरुमा कानुन व्यावसाय गर्नुका साथै यहाँका हरेक समस्यामा निशुल्क रुपमा कानुनी सहयोग पुर्याउदै आउनुभएको थियो । उहाँको मृत्युको कारण जण्डिस हो । जण्डिस रोगबाट ग्रसित हुनुभएका विश्वकर्मालाई अचानक स्वास्थ्यमा गडबडी देखिएपछि कोहलपुर लैजान खोज्दा बाटोमा नै मृत्यु भएको उहाँका भाञ्जा विमल विश्वकर्माले जानकारी गराउनुभयो ।
________________________________________

पुनर्वास नगरपालिकामा कसैलाई पनि केहि कानुनी जटिलता भयो ? सिधा फोन रुद्रमणी विश्वकर्मा !! निशुल्क घण्टौं सम्म परामर्श दिने । जहाँ बोलायो निशुल्क सेवामा त्यही पुगिदिने र सक्दो सहयोग गर्ने अति मिलनसार व्याक्तित्वका रुपमा परिचित विश्वकर्माको निधनले सिङ्गो पुनर्वास मर्माहित बनेको छ । उहाँको मृत्युको खबर पाउनासाथ हज्जारौं आफन्त तथा शुभचिन्तक उहाँको निवास पुगेका छन ।
_________________________________________
आज अपरान्ह २ बजे तिर देहावसान हुनुभएका विश्वकर्माको भोलि मात्र अन्त्यष्टी गरिने उहाँका भाञ्जा विमल विश्वकर्माले जानकारी गराउनुभयो । उहाँका २ छोरा एक छोरी छन । जेठा छोरा वैदेशिक रोजगारीका शिलशिलामा कतारमा हुनुहुन्छभने कान्छा छोरा गौरभ काठमाडौंको शंकरदेव क्याम्पसमा बिकम प्रथम बर्षमा अध्ययनरत हुनुहुन्छ । कान्छा छोरा गौरभ हवाइजहाजबाट आज बेलुका पुग्ने हुँदा अन्त्यष्टी भोलि नै गरिने भएको हो ।

उहाँले नेपाल ल क्याम्पसबाट २०४३ सालमा आइएल गर्नुभएको थियोभने बिएल नेपालागञ्जको महेन्द्र बहुमुखी क्याम्पसबाट २०५६ सालमा बिएल गर्नुभएको थियो । उहाँले एसएससी पुनर्वास जनता माध्यमिक विद्यालयबाट दिनुभएको हो । २०१९ सालमा भोजपुरको कुलुङ भन्ने ठाँउमा जन्मनुभएका उहाँको ५६ बर्षको उमेरमा निधन भयो ।

२०५३ साल देखि लेखनदास हुँदै अधिवक्ता हुनुभयो । उहाँले यसै बर्ष नोटरी पब्लिकको लाइसेन्स प्राप्त गर्नुभएको थियो । पुनर्वास नगरपालिका कार्यपालिकाको कार्यालय भवन अगाडी यहि भदौ महिना देखि कानुनी सेवा केन्द्र सञ्चालन गर्नुभएको थियो ।

उहाँ २०७० सालमा स्थापना भएको पुनर्वास नगरपालिकाबाट प्रकाशित हुने पुनर्वास टाइम्स पत्रिकाका प्रधानसम्पादक समेत हुनुहुन्छ । यस अघि उहाँ शिक्षण पेशामा समेत आबद्ध हुनुभएको थियो । उहाँले आफ्नो शिक्षण जीवनमा २०४० साल देखि २०६५ साल सम्म काम गर्नुभयो । लामो समय पुनर्वास २ मोतिबस्तीको सरस्वती माध्यमिक विद्यालयमा अध्यापन गराउनुभयो । शिक्षण पेशाको अवकाश पछी कञ्चनपुर कै सेलर्ड संस्थामा कानुनी पेशामा काम गर्नुभएको । उहाँले प्रहरी प्रशासनलाई समेत कानुनी सहयोग गर्दै आउनुभएको थियो । 

मानवअधिकार मञ्च पुनर्वास शाखाका अध्यक्ष समेत रहनुभएका उहाँ खाद्य अधिकार मञ्च पुनर्वास समन्वय समितिका अध्यक्ष समेत हुनुहुन्छ ।
उहाँका दुई छोरा र एक छोरी मध्य छोरी बिहे गरेर गएकी छोरी पनि शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । उहाँको निधन हुँदा उहाँकी धर्मपत्नी सुमित्रा विश्वकर्मा घरमै हुनुहुन्थ्यो । सधैं अरुको सेवामा समर्पित हुने अनि पैसालाई प्राथमिकतामा राख्न नचाहाने विश्वकर्मा आर्थिकरुपमा सबल हुन चाहानुभएन ।

उहाँको निवासमै पुग्नुभएका पुनर्वास नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष वीर बहादुर बोगटी उहाँको अचानकको निधनले मर्माहित भएको बताउनुभयो । जतिबेला पनि कानुनी परामर्श वा सल्लाह वा अन्य कुनै सहयोग चाहिएमा पटकपटक फोन गर्नु पर्ने र भेट्नुपर्ने अति मिलनशार व्यक्ति गुमाउनु पर्दा दु:खी भएको बताउनुभयो । उहाँको अभाव सधैं खड्किने वडाअध्यक्ष बोगटी बताउनु हुन्छ । “कानुन व्यावसायि त भेटिएलान तर यस्तो व्यक्तित्व भेटिन गारो छ ।” उहाँले बताउनुभयो ।

उहाँको निवासमै पुग्नुभएका पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष मन बहादुर गुरुङ पुनर्वासले एक सम्पत्ति गुमाएको बताउनुभयो । “उहाँ पुनर्वास र पुनर्वासीको लागि सम्पत्ति भनौं वा मित्र भनौं वा सुखदु:खको सहयात्री भनौं जे भनेपनि उहाँको अभाव सदैव खड्किने छ ।” वडाअध्यक्ष गुरुङले गहिरो स्मरण गर्दै भने ।

त्यस्तै, निवास मै पुग्नुभएकी पुनर्वास नगरपालिका कार्यपालिका सदस्य विमला सापकोटा उहाँको निधन अविश्वसनीय भएको बताउनुहुन्छ । “हामीले एक अभिभावक गुमायौं, उहाँलाई कहिल्यै बिर्सन सकिदैन । हरेक दिन उहाँको सल्लाह सुझाव र परामर्श लिएर हिड्ने हामीलाई हरेक क्षण अभाव खड्किने छ । उहाँले कहिल्यै पैसालाई प्राथमिकतामा राख्नुभएन । उहाँको घरको स्थिति हेर्दा समेत सहजै अनुमान गर्न सकिन्छ । ” उहाँले भन्नुभयो ।
________________________________________
हेमन्त न्यौपाने हाम्रै साझा पत्रिकाका सम्पादक हुनुहुन्छ ।