लाल बहादुर एसके
पुनर्वास, पुस ०९
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा सञ्चालनमा रहेको निजि विद्यालय युगज्योती एकेडेमीले आफ्नो २१ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा अर्धबार्षिक परिक्षाको नतिजा प्रकाशन समेत गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको हैसियतमा पुग्नुभएका पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । गुणस्तरीय शिक्षा प्रदान गरिरहेको यस विद्यालयको उज्ज्वल भविष्यको कमना गर्नुभयो । उहाँले पुनर्वासका केहि निजि विद्यालयहरुले विद्यार्थीलाई भेडाबाख्रा जस्तो गरेर एउटै कोठामा कोचेर पढाउने गरेको बताउनुभयो । उहाँले यस युगज्योतिले अहिलेसम्मको स्थितिमा परिक्षा नजिता राम्रो ल्याएको बताउनुभयो । उहाँले पुनर्वासका ६२ वटै विद्यालयको अनुगमन गरि नतिजा सुधार गरिने जिकिर गर्नुभयो ।
नगरपालिकाका ३२ वटा सामुदायिक विद्यालय र २९ वटा संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर माथि उकास्न नगरपालिकाले रणनीति तय गरेको उपप्रमुख शारदा बिष्ट्ले बताउनुभयो । उहाँले सबै विद्यालयमा बालमैत्री शासन अवलम्बन गर्न निर्देशन दिइएको बताउनुभयो । सबै विद्यालयका शिक्षकहरुको जिम्मेवारीलाई दायित्व सम्झिएर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बिशिस्ट अतिथिको आसनमा नगर उप प्रमुख शारदा बिष्ट रहनुभएको थियो । कार्यक्रमका सभापति विद्यालयका अध्यक्ष बिश्वनाथ बिष्ट हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित हुनुभएका पुर्वअध्यक्ष बिष्णुभक्त पौडेलले समेत विद्यालयको प्रगतिको कमना गर्नुभयो ।
No comments:
Post a Comment