Sunday, December 16, 2018

पुनर्वासका दलित नेताको निधन

धन बहादुर बिक
पुनर्वास, पुस ०१
       विगत केही महिनादेखि मुटुको रोगले पिडित  जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास का दलित अगुवा नेता भक्त बहादुर बिक को शनिबार काठमाण्डौ स्थित उपचारक्रममा निधन भएको छ ।

  लामो समय पुर्व माअोवादी पार्टीमा जनयुद्ध कालमा भुमिगत जीवन विताउनुभएका ६४ बर्षिय बिक लाई हिजो नै काठमाण्डौ बाट पुनर्वास ल्याईएको थियोे भने अाइतवार उनको पार्थिक शरिरलाइ नेपाल कम्युनिस्ट पार्टीको झण्डा अोढाई सयौं जनाको उपस्थितिमा हार्दिक श्रद्धाञ्जली सहित पुनपा ८ स्थित जनजागरण सामुदायिक वन क्षेत्र नजिकै घाटमा अन्त्यष्टि गरिएको छ ।
बिकको पार्थिक शरिरमा नेकपा का केन्द्रीय सदस्य तथा प्रदेश नम्बर ७ का सांसद बिरभान चौधरी , पुनर्वास नगरपालिका प्रमुख जिवनराज थापा लगायत जिल्लाका नेता कार्यकर्ता हरूले पार्टीको झण्डा अोढाई श्रद्धाञ्जली व्यक्त गरेका थिए । पार्टीका जिम्मेवार नेता बिकको असामयिक निधनले पार्टीले ठुलो क्षति व्योहोर्नु परेको नेकपा का नेता वीर बहादुर थापाले बताए ।

२०३५ साल देखि तत्कालीन जनमोर्चा बाट राजनीति यात्रा सुरु गरेका बिक २०५२ साल देखि तत्कालीन नेकपा माअोवादि जनयुद्ध मा भुमिगत जीवन बिताउदै पुर्व मन्त्री लेखराज भट्ट को निकटतम रहि देशमा शान्ति पुनर्स्थापना पछि जनअान्दोलन ६२/६३ मा सिंगो दलित समुदायको तर्फबाट अगुवाइ मा प्रभावकारी भुमिका निर्वाह गरेको बारेमा उक्त श्रद्धाञ्जली सभामा उल्लेख गरिएको थियोे ।

बिकका दुई छोरा र एक छोरी मध्ये जेठा छोरा दिपक बिकको  जनयुद्धका क्रममा सहादत भएको र कान्छा छोरा भोगिन्द्र बिक पनि जनयुद्धमा तत्कालीन सरकारको नियन्त्रणमा २२ महिना जेल जीवन बिताएका हुन । अार्थिक अभावले राम्रो उपचार समेत गर्न नपाएका बिक पछिल्लो समयमा पार्ट पङ्तिबाटै अोझेलमा पर्दै  अाएका थिए ।

No comments:

Post a Comment