Sunday, December 16, 2018

अपांगमैत्री गाउँपालिका निर्माणमा लालझाडी अग्रसर, अपांगता भएका व्यक्तिहरुलाई स्वस्थ्य सिविर सञ्चालन

रामसाया राना
लालझाडी, मंसिर २९
__________________________________________
      कञ्चनपुरको लालझाडी गाउँपालिका अपांगता भएका व्यक्तिहरु प्रति उदार देखिएको छ । गाउँपालिकालाई अपांगमैत्री स्थानीय तह बनाउने अवधारणा लिएर लालझाडी गाउँपालिका अघि बढेको छ । यस गाउँपालिकाले अपांगता भएकाहरुको सुची तयार गरि एक दिने निशुल्क स्वास्थ्य सिविर समेत सञ्चालन गरिसकेको छ । गाउँपालिकाको यस अभियानमा बहाइ समुदायले भरपुर सहयोग गरेको छ । विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको बहाई समुदायले गाउँपालिकाको यस कार्यलाई पुर्ण साथ र सहयोग गर्ने बताएको छ ।

लालझाडि गाउँपालिकाको आयोजना र NNSWAको सहकार्यमा लालझाडी गाउँपालिका भरिका सबै अपांगता भएका व्यक्तिहरुका लागि यहि मंसिर २२ गते निशुल्क स्वास्थ्य परिक्षण शिबिरको सञ्चालन भएको थियो । कार्यक्रममा उनीहरुको लागि आवस्यक पर्ने सहायता सामाग्री समेत वितरण गरिएको छ ।  स्वास्थ्य सिविर सम्म आउनजानका लागि यातायातको छुट्टै प्रवन्ध समेत मिलाईएको थियो । गाउँपालिकालाई अपांगमैत्री गाउँपालिका बनाउने योजना अन्तर्गत अपांगता भएका व्यक्तीहरुको विवरण संकलन तथा उनिहरुको समस्या बुझ्ने र सोही  अनुसार सहयोग गरिने गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताए ।  सिंगो गाउँपालिकालाई अपांगमैत्री बनाउदै लैजाने प्रक्रिया सुरु भैसकेको अध्यक्ष बडायकले हाम्रै साझा पत्रिकालाई बताए ।

     “अपांगता भएका व्यक्तिहरुले पनि स्थानीय सरकार भएको प्रत्याभूति गर्न पाउनुपर्छ । गाउँगाउँमा सिंहदरबार भन्ने नारा सुनेका अपांगता भएकाहरुलाई नागरिकलाई उपेक्षा गर्न कदाचित सकिंदैन । लालझाडी गाउँपालिकामा अपांग भएकै कारण भोग्नुपर्ने विविध समस्याबाट मुक्त बनाउन गाउँपालिका प्रतिबद्ध छ, हामी यस अभियानम अधि बढीसक्यौं।” गाउँपालिक अध्यक्ष बडायकले बताए ।

एक दिनका लागि सञ्चालन गरिएको स्वास्थ्य सिविरमा ११० भन्दा धेरै अपांगता भएकाहरु व्यक्तिले सेवा लिएको लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले जानकारी गराए । उनीहरुको स्वास्थ्य समस्या अनुसार आवश्यक सहयोग सामाग्रीहरु ह्वेलचेयर, बैशाखी र अन्य सामग्रीहरु प्रदान गरिएको छ । स्वास्थ्य सिविरमा चेकजाँच गर्न आएका अपांगता भएका स्थानीयहरु स्वास्थ्य सरोकारसंगै अपांगता भएकाहरुको क्षमताको पहिचान गरी सोहि अनुसारको तालिम दिन जरुरी भएको बताउछन ।

No comments:

Post a Comment