हाम्रै साझा पत्रिका
बाँके, पुस २८
कोहलपुर नगरपालिका वडा नं. ११ नयाँ बसपार्क स्थित एक ब्यक्तिको शव फेला परेको छ । अन्दाजी २२ बर्षको यूवकको घाटी आधा काटिएको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
सुर्खेत सिम्ता गाँउपालिका वडा नं. ४ का दिपक सिंह ठकुरी कोहलपुर नगरपालिका वडा नं. ११ मा मृत अबस्थामा फेला परेका हुन । मृतकका आफन्तका अनुसार ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए । स्रोतका अनुसार ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात ब्यक्तीलाई १ लाख ५० हजार बुझाएका थिए । सोही अज्ञात ब्यक्तीले बोलाएको भन्दै शुक्रबार निस्कीएका ठकुरी शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन ।
उनी कोहलपुरमा भाउजुको घरमा बस्दै आएको प्रहरीले जनाएको छ । बिहान करिब ४ बजे फोन आएर उनी घरबाट निस्केको परिवारले जनाएको छ । प्रहरीले घटनास्थल नजिकैबाट एक जोर जुत्ता र लाठी समेत बरामद गरेको छ । घटनाको अनुसन्धान गरिरहेको कोहलपुर प्रहरीले कुकुर मार्फत अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको जनाएको छ ।
No comments:
Post a Comment