काठमाडौं– खानेपानी तथा सरसफाइमन्त्री वीना मगर अस्पताल भर्ना भएकी छिन् । भाइरल ज्वरोका कारण अस्वस्थ भएपछि उनी अस्पताल भर्ना भएकी हुन् । उनलाई धापाखेलस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ ।
यसअघि प्रचण्डपत्नी सीता दाहाल पनि सोही अस्पतालमा भर्ना भएकी छिन् । उनलाई आइतबार सोही अस्पतालमा भर्ना गरिएको हो । सीता आइसियुमा तथा मन्त्री वीनालाई जनरल वार्डमा भर्ना गरेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
No comments:
Post a Comment