धनगढी, माघ ६ । अत्तरियामा धारिलो हतियार प्रहार गरी हत्या गरिएका १९ वर्षिया अरुण भट्टका परिवारले हत्यारालाई सार्वजनिक नगरेसम्म लास नबुभ्ने बताएका छन् ।अत्तरियामा जारी महोत्सवबाट घर फर्कने बेला हिजो साँझ दुई युवा समुह बिच विवाद हुँदा गोदावरी नगरपालिका १ का १९ वर्षिय भट्टको हत्या भएको थियो ।
अत्तरियास्थित प्रहरी चौकीबाट ५० मिटर दूरीमा घटना हुुदासमेत प्रहरीले थाहै नपाएको र प्रहरीलाई हत्याराबारे ५० प्रतिशत प्रमाण दिदाँ समेत अपराधी पक्राउ नपरेको भन्दै अत्तरियाका बासिन्दाले आज बजार बन्द गराएका छन् ।
कञ्चनपुरको वेलौरी नगरपालिका वडा नम्बर ६ भुराका अरुण भट्ट विगत १५ बर्षदेखि गोदावरी नगरपालिका वडा नम्बर १ मा आमा संगै भाडामा बस्दै आएका थिए । आर्थिक अवस्था कमजोर भएका कारण उनका २ वटा दाजु भारतको बैगलोरमा काम गर्छन् भने बुवा कोहोलपुरमा एक्लै बस्दै आएका छन् ।
अतरियाकै दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा १२ कक्षामा पढ्दै गरेका मृतक भट्टकी आमा शारिरीक रुपमा अपाङ छिन् । उनी अपाङ भएपनि छोराको शिक्षा दिक्षाका लागी अतरिया बजारमा सानो चिया पसल संञ्चालन गदै आएकी मृतक भट्टकी माईजु देउकली बडुवालले बताइन् । उनले भान्जाको हत्यारा लाई सार्वजनिक नगरे सम्म शव नवुझने बताइन् ।
मृतक भट्टको माघ ८ गते जन्म दिन परेका कारण जन्मदिनको खर्च जुटाउन उनि अतरिया महोत्सवमा पाकिङको शुल्क उठाउने काम गर्दै आएका थिए । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण साथीहरु संग जन्मदिन मनाउँन उनले पाकिङ शुल्क उठाउँने काम गरेको उनका साथीहरुले बताएका छन् ।
समाजमा अशल तथा मेहन्ती युवाको परिचय बनाएका भट्टको महोत्सव स्थल भित्र सामान्य विवाद हुदाँ लखेट्दै लगेर चक्कु प्रहार भएको हुन सक्ने उनका साथीहरुले अनुमान गरेका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर १ का दुर्गा अधिकारीले हत्यामा संग्लन भएका ब्यक्तिबारे प्रमाण प्रहरी लाई दिदाँ समेत प्रहरी काम गर्न नसकेको बताए । उनले प्रहरी प्रशासनको चरम लार्वरबार्हिका कारण हत्यारा अहिले सम्म पनि पत्ता नलागेको जानकारी दिए । महोत्सव स्थल भित्र केहि दिन देखि चक्कु प्रहारका घटना भएपनि प्रहरीले त्यस लाई बेवास्ता गरेका कारण यस्तो घटना हुन गएको उनले बताए ।
महोत्सवभित्र विवाद भएर बाहिर हत्या भएको देखिएको तर झगडाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । ग्याङ फाइटमा संलग्नहरुको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीको दावी छ ।
No comments:
Post a Comment