हाम्रै साझा पत्रिका
पुनर्वास,९ माघ
हरेक साल झै यो सालपनि कञ्चनपुरको पुनर्वासमा पुनर्वास फेस्टिभल सुरु भएको छ । निजी तथा आवासिय विद्यालय संगठन पुनर्वासको प्याब्सन फेस्टिभल हिजो मङ्गलबार आईबिआरडीको पैसट्ठी विगाहमा उदघाटन भएको छ । यस फेस्टिभलमा पन्ध्र वटा निजी र तेह्र संस्थागत गरि अठ्ठाईस विद्यालयहरुको सहभागिता रहेको छ । पन्ध्र वटा विद्यार्थी सहितको सहभागीता रहेको प्याब्सन पुनर्वास नगरअध्यक्ष बालकृष्ण ढकालले जानकारी दिनुभयो ।
उक्त फेस्टिवलमा हाजिरी जवाफ,स्पेलिङ प्रतियोगिता,वादविवाद लगायतका एकेडमीक र एथलेटिक्स, रिले दौड, भलिबल र कृकेट लगायत शारीरिक अभ्यासवाला खेलहरू समावेश गरिएको छ । कृकेट खेल खेलाउन ओरियन्ट विद्यालयलाई जिम्मा दिईएको समेत आयोजकबाट जानकारी प्राप्त भएको छ ।
सोही कार्यक्रममा संस्थागत विद्यालयहरुको संगठन (IPABSON) हिजै देखी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( PABSON) मा समाहित भएको घोषणा समेत गरिएको थियो ।
पुनर्वास प्याब्सनका नगर अध्यक्ष बालकृष्ण ढकालको सभापित्वमा भएको कार्यक्रममा नगर प्रमुख जीवनराज थापा प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिमा नगर उपप्रमुख शारदा बिष्ट, प्याब्सन पुर्व केन्द्रीय उपाध्यक्ष हिरा चन्द, सुरेश ओझा, प्याब्सन सुदूरपश्चिम प्रदेश उपाध्यक्ष विश्वनाथ बिष्ट, प्याब्सन कञ्चनपुर अध्यक्ष महाप्रसाद न्यौपाने लगायत उपस्थिती रहेकोे थियोे ।
कार्यक्रममा नगर प्रमुख जीवनराज थापाले निजी विद्यालयले शिक्षा क्षेत्रमा निकै महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको र अवका दिनमा पुनर्वास क्षेत्रको शैक्षिक गुणस्तरमा पनी ध्यान दिन विद्यालयहरुलाई आग्रह गर्नुभयो। केही निजि विद्यालयले शैक्षिक बेरोजगारी को फाइदा उठाउदै न्यूनतम पारिश्रमिकमा श्रमशोषण गर्ने गरेको गुनासो आउने गरेकोले कसैले पनि श्रमशोषण गर्न नहुने थापाले वताउनुभयो ।
नगरपालिका अन्तर्गत कार्यरत कुनैपनि कर्मचारीले कम्तीमा दस हजार तलब पाएको हुनुपर्ने नगर प्रमुख थापाले बताउनुभयो ।
फेस्टिभल आगामी तिनदिन सम्म सञ्चालन हुने आयोजकले जनाएका छन ।
No comments:
Post a Comment