Thursday, January 24, 2019

आज मिति वि.सं. २०७५ माघ १० गते बिहीबार तदनुसार ई. सं. २०१९ जनवरी २४ तारिख, 

वि.सं. २०७५ माघ १० गते बिहीबार तदनुसार ई. सं. २०१९ जनवरी २४ तारिख, आजको चाडपर्व र उत्सव : काशी, वाराणसी, भारतमा बडा गणेश उत्सव, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), माघ कृष्णपक्षको चतुर्थी तिथि, मध्यरात्रीपछि ०२:१८ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, मध्यरात्रीपूर्व ११:३६ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, आजको चन्द्रमा सिंह राशिमा, मध्यरात्रीपछि ०५:१३ बजेसम्म, त्यसपछि कन्या राशिमा, शोभन योग, मध्यरात्रीपूर्व ११:२१ बजेसम्म, त्यसपछि अतिगण्ड योग, सुरुमा बब करण दिउँसो ०३:२५ बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि ०२:१९ बजेसम्म, अन्तिममा कौलव करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:३६ बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :–राहु काल : दिउँसो ०१:३६ देखि ०२:५६ सम्म, यमघण्ट : बिहान ०६:५७ देखि ०८:१७ सम्म, गुलिक काल : बिहान ०९:३६ देखि १०:५६ सम्म आजको वारवेला :– शुभ वारवेला : बिहान ०६:५७ देखि ०८:१७ सम्म, साँझ ०४:१५ देखि ०७:१६ सम्म र मध्यरात्रीपछि ०५:१७ देखि ०६:५७ सम्म, अमृत वारवेला : दिउँसो ०१:३६ देखि ०२:५६ सम्म र बेलुका ०७:१६ देखि ०८:५६ सम्म, चर वारवेला : दिउँसो १०:५६ देखि १२:१६ सम्म र बेलुका ०८:५६ देखि १०:३६ सम्म, रोग वारवेला : बिहान ०८:१७ देखि ०९:३६ सम्म र बेलुका १०:३६ देखि १२:१६ सम्म, काल वारवेला : दिउँसो ०२:५६ देखि ०४:१६ सम्म र मध्यरात्रीपछि १२:१६ देखि ०१:५६ सम्म, लाभ वारवेला : दिउँसो १२:१६ देखि ०१:३६ सम्म र मध्यरात्रीपछि ०१:५६ देखि ०३:३६ सम्म, उद्वेग वारवेला : बिहान ०९:३६ देखि १०:५६ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१७ सम्म | आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने दही खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्नुपर्छ । कुनै समाचारले मन खिन्न हुनसक्छ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । मनमा कल्पना र भावनाले डेरा जमाउने छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – मनमा भय र त्रासको निवास हुनेछ, चिडचिडेपना र अशान्ति बढ्ने योग छ । ऋणसापटीमा रकम लगानी गर्नु भनेको खर्च गरे जत्तिकै हुनेछ । पतिपतगबिीचको दूरी बढ्ने योग छ । अन्तै अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । आश्वासन दिनेहरूबाट धोका पाइनेछ । नजिकका साथीभाइ टाढिने सङ्केत छ । पापमतिको उदय हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । साँझतिर व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिने छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ ।

No comments:

Post a Comment