Wednesday, January 16, 2019

बृहत माघी मिलन साँस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न


लाल बहादुर एसके
बेलौरी, माघ ०१
      "हमार साँस्कृतिक हमार पहिचान ,पहिचान बचान हमार अभियान" भन्ने मुल नाराका साथ श्री दर्शन युवा क्लब बेलौरी ५ सुदर्शनपुरको आयोजनामा बेलौरी नगरपालिका ५ मा बृहत माघी मिलन साँस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

साँस्कृतिक कार्यक्रमका संयोजक गंगाराम चौधरीको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरी हुन्हुन्थो भने बिशिस्ट अतिथिमा ने.क.पा का चर्चित युवा नेता एवं पुर्ब माओवादी केन्द्रका जिल्ला अध्यक्ष वीर बहादुर थापा हुनुहुन्थ्यो । साथै नेकपा प्रदेश कमिटी सदस्य अमर चौधरी, लालझाडि गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक लगायतका समाजसेवी, अगुवा तथा बुद्धिजीवीहरुको पनि बाक्लो उपस्तिथि रहेको कार्यक्रम विभिन्न कलाकार हरुको पनि कार्यक्रममा उपस्थितिले गर्दा कार्यक्रमको रौनक झनै बढेको थियो । कार्यक्रमको संचालन क्लबका अध्यक्ष तथा जुझारु युवा कृष्ण गम्वा गर्नुभएको थियो भने स्वागत मन्तब्य दिपा चौधरीले गर्नुभएको थियो । कृष्ण गम्वा अध्यक्ष रहेको यस क्लबले हरेक बर्ष विभिन्न साँस्कृतिक तथा रचनात्मक कामहरु गर्दैआईरहेको छ । अध्यक्ष गम्वाको लगनशीलताले क्लबले सकारात्मक छाप छोड्न सफल भएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले माघी चौधरी थारू हरुको नयाँ बर्षको रुपमा रहेकोले माघीलाई मनाउनु र यस साँस्कृतिकको जगेर्ना गर्नु नै थारु समुदायको पहिचान भएको बताउनु भयो । नेपाल भिन्न जाती, साँस्कृतिको साझा फुलवारी भएकोले सबैले सबैको साँस्कृतिको सम्म्मान गर्दै अगाडि बढेमा र यीनको जगेर्ना गरेमा मात्रै नेपालमा सद्भभाव र समृद्धि अनि सबैको पहिचान बन्ने भन्दै सबै साँस्कृतिको जगेर्ना गर्नामा सबै लाग्नु पर्ने बताउनु भयो र आफुले आफ्नो तर्फबाट जुनसुकै पनि सहयोग गर्ने र कुरामा जोड दिनुभएको छ ।

त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि एवं नेकपा का चर्चित नेता वीर बहादुर थापाले थारुहारुको साँस्कृति नै थारु जातिको पहिचान रहेको र लामो अन्तराल देखी थारु समुदायले आफ्नो अधिकार र पहिचानका लागि भुमिका खेलेको कुरालाई सम्मान गर्दै यस जगेर्ना गर्नु सबैको दायित्व रहेको बताउनु भएको थियो. हिजोका दिनमा यहि कुरा घरआगानमा सिमित भएकोमा आज आमरुपमा बिशाल सहभागितामा मनाउनु नै सबभन्दा ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताउनु भयो । नेपालका विभिन्न साँस्कृतिले आमरुपमा हाम्रो मौलिकता र पहिचान बोकेकाले यसको संरक्षण र प्रब्रद्दनमा बाटै नेपाल लाई विश्व सामु चिनाउन सकिने बताउनु भयो ।

No comments:

Post a Comment