Monday, January 28, 2019
विश्व कुष्ठरोग दिवसका अवसरमा बेलडांडी गाँउपालिकाद्वारा वक्तृत्वकला प्रतियोगिता आयोजना
हरिश चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलडांडी गाँउपालिकामा विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार वक्तृत्वकला प्रतियोगिता गरिएको छ । ६६ औँ विश्व कुष्ठरोग दिवसका अवसरमा एन्. एल्. आर र एन्. एन्. एस्. डब्लु ए को प्राविधिक सहयोगमा बेलडांडी गाउपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता बेलडांडी गाउँपालिका वडा नं. १ झर्नासागरमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको गाउँपालिकाका सामुदायिक सहजकर्ता दिनेश खड्काले जानकारी दिनुभयो । कुष्ठरोग सम्बन्धी समाजमा रहेको नकारात्मक दृष्टिकोण परिवर्तन गर्नुको साथै विद्यार्थीहरुको चौतर्फी विकास गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बेलडांडी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष अमर बहादुर खत्रीले जानकारी दिनुभयो । सरस्वती मावि झर्नासागरका प्रधानाध्यापक विष्णु भण्डारीको अध्यक्षतामा सञ्चालित प्रतियोगितामा बेलडाँडी गाँउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो । ‘‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको अन्त्य’’ भन्ने विषयमा आयोजित मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा रौलेश्वर मावि, सरस्वती मावि, सरस्वती जनता मावि, गणेश मावि र कञ्चन ग्यालेक्सी पब्लिक स्कुल गरी पाँच विद्यालयबाट एकजना छात्र र एकजना छात्रा गरी १० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा छात्र तर्फ रौलेश्वर मावि कक्षा ८ का निरज जोशी प्रथम, सरस्वती मावि कक्षा ८ का नवीन शर्मा द्वितीय र गणेश मावि कक्षा ९ का विजय मल्ल तृतीय भएका छन् । त्यसैगरी छात्रा तर्फ सरस्वती मावि कक्षा १० की हेमन्ती जोशी प्रथम, गणेश मावि कक्षा १० की ईश्वरी पाण्डेय द्वितीय र सरस्वती जनता मावि कक्षा १० की मेनुका खत्री तृतीय भएकी छन् । प्रथम, द्वितीय र तृतीय भएका छात्र र छात्राहरुलाई नगद, उपहार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment