Monday, January 28, 2019
प्रथम नगरस्तरिय एवम आठौ प्याब्सन फेस्टिवल सम्पन्न
-सुनिलकुमार लो
पुनर्वास,१४ माघ
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) पुनर्वासद्वारा आयोजना गरिएको प्रथम नगर स्तरीय एवम आठौ प्याब्सन फेस्टिवल आज सम्पन्न भएको छ । पुनर्वासको पैसठ्ठी विगाहको खेल मैदानमा सो फेस्टिवलको समापन समारोह आयोजना गरिएको गरिएको थियो । प्याब्सन नगर अध्यक्ष बालकृष्ण ढकालको अध्यक्षतामा भएको समापन समारोहमा नगरप्रमुख जीवनराज थापा प्रमुख अतिथि हुनुहुन्थ्यो । विशिष्ट अतिथिको आसनमा नेपाली काङ्ग्रेस नगर सभापति यम प्रसाद पौडेल,सुदुरपश्चिम प्रदेश प्याब्सन उपाध्यक्ष विश्वनाथ विष्ट, प्रदेश प्याब्सन सहसचिव राजेन्द्र प्रसाद अधिकारी हुनुहुन्थ्यो । कार्यक्रममा मन्तव्य राख्नुहुदै कांग्रेस उपाध्यक्ष यम प्रसाद पौडेलले निजी विद्यालयहरुले शिक्षा क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्नुभएको थियो । उहाँले निजि र सरकारी विद्यालय लगायत सबै सरोकारवाला भएर प्राविधिक शिक्षाको लागि जोड दिनुपर्ने औल्याउनु भयो । प्रदेस उपाध्यक्ष विश्वनाथ विष्टले नेपालको शिक्षा क्षेत्रमा निजि तथा आवासीय विद्यालयले महत्वपूर्ण योगदान पुरयाए पनि सरकारले बेला बेलामा करेन्ट लगाए जस्तै गरेर पीडा दिएको बताउनुभयो । प्रमुख अतिथीको आसनबाट आफ्नो विचार राख्नुहुदै नगरप्रमुख जीवनराज थापाले सरकारी र बोर्डिङ दुवै क्षेत्रका स्कूललाई व्यवस्थित गर्न आफू प्रयासरत रहेको बताउनुभयो । बोर्डिङ विद्यालयहरुमा श्रमशोषणका कुराहरु बेलाबेलामा उठने गरेकाले यसबारेमा सरोकारवाला सबैलाई भेला गरि छिट्टै समाधान खोजिने बताउनु भयो । कार्यक्रमको अध्यक्षता गरिरहनुभएका प्याब्सन नगर अध्यक्ष बालकृष्ण ढकालले निजि विद्यालयहरुलाई अनावश्यक आलोचना र टिप्पणी गरेर समय खेर फाल्नु भन्दा सरकारी विद्यालयहरुलाई आफ्नो गुणस्तर सुधार्न चुनौती दिनुभयो । निजी विद्यालयहरुलाई भैरहेको चौतर्फी हमला आउँदा दिनमा कमजोर हुँदै जाने कुरामा आफू आशावादी रहेको अध्यक्ष ढकालले बताउनुभयो । हरेक साल आयोजना हुने पुनर्वास फेस्टिवल यो साल गत माघ ८ गते सुरु भई आज सम्म चलेको थियो । यस फेस्टिवलमा पन्ध्र निजी र तेह्र संस्थागत गरि अट्ठाईस सहभागिता रहेको थियो । पन्ध्र वटा विद्यार्थी सहितको सहभागीता रहेको प्याब्सन पुनर्वास नगरअध्यक्ष बालकृष्ण ढकालले जानकारी दिनुभयो । उक्त फेस्टिवलमा हाजिरी जवाफ,स्पेलिङ प्रतियोगिता,वादविवाद,वक्तृत्वकला लगायतका एकेडमीक र एथलेटिक्स, रिले दौड, भलिबल र कृकेट लगायत शारीरिक अभ्यासवाला खेलहरू समावेश गरिएको थियो। आजको समापन कार्यक्रममा विभिन्न खेलमा प्रथम,द्वितीय र तृतीय हुने विद्यालय तथा सहभागी विद्यालयहरुलाई ट्र्फी तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा विभित्र विद्यालयका भाईवैनीहरुले रमाईला नृत्य प्रस्तुत गरेका थिए भने आजकै समापन कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता पनि गरिएको थियो । युगज्योती एकेडेमीका प्रधानाध्यापक खेमराज श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई प्याब्सनका नगरसचिव किशोर तामाङले संचालन गर्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment