हाम्रै साझा पत्रिका संवाददाता
पुनर्वास, २६ पुस
संयुक्त राज्य अमेरिका रहनुभएका पुनर्वासीहरुको आर्थिक सहायतामा राडा नेपाल संस्थाले विहिबार अनाथ र असहाय बालबालिकालाई २ सय १५ थान सुईटर प्रदान गरेको छ । प्रतिभानगरबजारको खुल्ला मञ्चमा आयोजना गरिएको कार्यक्रममा पुनर्वासभरका विभिन्न १८ सामुदायिक विद्यालयहरुका अनाथ असहाय तथा न्यून आयस्तर भएका बालबालिकाहरुलाई न्यानो सुईटर वितरण गरिएको थियो ।
पुनर्वास नगरपालिका वडा ६ स्थित स्थानीय ग्रामीण जागरण विकास संघ (राडा नेपाल)ले एक कार्यक्रमको अायोजना गरि विपन्न परिवारका बालबालिकालाई उक्त न्यानो सुईटर वितरण गरिएको संस्थाका सचिव रूपेश खरेलले बताए ।

संस्थाका अध्यक्ष राजेन्द्रसिंह धामी संस्थाले पुनर्वास का १८ वटा सामुदायिक विद्यालयका २ सय ५ जना विपन्न बालबालिकालाई चिसोको समयमा विद्यालय अावतजावतमा सहज होस भन्ने उदेश्य ले वैदेशिक रोजगारीमा रहेका सहयोगी दाताहरूको सहयोगमा उक्त न्यानो सुईटर वितरण गर्न सकिएको बताउनुभयो ।
पुनर्वास नगरपालिका स्थाई घरभई वैदेशिक रोजगारीमा कार्यरत अमेरिकाबाट शिव बिष्ट, सरस्वती शर्मा, होमनाथ ढकाल, सर्बज्ञ वाग्ले, खडानन्द रेग्मी, सोम प्रशाद भट्ट र बाबुराम पन्थी लगायत सात जना यूवाहरूले विपन्न बालबालिकालाई न्यानो सुईटर वितरण गरिदिने भनी अार्थिक सहयोग उपलब्ध गराएपछि उक्त सहयोग को कार्यक्रम गर्न सकिएको संस्थाका उपाध्यक्ष माधव रोकाले बताए ।
सो अवसरमा सहयोगी दाताहरूका अभिभावकलाई समेत संस्थाले सम्मान गरेको थियो । यस अघि पनि गत बर्ष संस्थाले पुनपा ६ स्थित सुकुम्बासी टोलमा रहेको बाल जाग्रिति अाधारभुत विद्यालयमा पनि न्यानो सुईटर वितरण गरेको थियोे । अागामि दिनमा पनि यस्तै सहयोग जुटाएर सामाजिक क्रियाकलापमा समेत अग्रसर हुदै जाने संस्थाले जनाएको छ ।
क्लबले यसरी विपन्न बालबालिकालाई चिसो मौसममा न्यानो सुईटर वितरण गरेकोमा संस्थाका पदाधिकारी लाई नगर प्रमुख जिवनराज थापाले धन्यवाद दिनुभएको थियो ।
क्लबले यसरी विपन्न बालबालिकालाई चिसो मौसममा न्यानो सुईटर वितरण गरेकोमा संस्थाका पदाधिकारी लाई नगर प्रमुख जिवनराज थापाले धन्यवाद दिनुभएको थियो ।
संस्थाका अध्यक्षय राजेन्द्रसिंह धामीको सभापतित्वमा भएको सुईटर वितरण कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जिवनराज थापा रहनुभएको थियो भने बिशिस्ट अतिथिमा नगर उप प्रमुख सारदा बिष्ट धामी रहनुभएको थियो । कार्यक्रम को सञ्चालन सचिव रूपेश खरेलले गरेका थिए ।
No comments:
Post a Comment