Thursday, February 14, 2019
राजमार्ग सफा गरेर प्रदेश सरकार स्थापना दिवस मनाईदै, मुख्यमन्त्री पोख्रेलले गरे शुभारम्भ
शोभा पौडेल आचार्य
कोहलपुर , फागुन ०२
‘हामी सबैको चाहना सफा, सुन्दर,सुरक्षित ,समृद्ध,सवल र सक्षम नमुना सिटीकाे कामना ’ भन्ने मुल नारा सहित ; ५ नम्बर प्रदेशको स्थापना दिवस अवसरमा पूर्व पश्चिम महेन्द्र राजमार्ग "बृहत् सरसफाई कार्यक्रम" को आयोजना गरिएको छ । पूर्व नवलपरासीदेखि पश्चिम बर्दियासम्म एकै साथ राजमार्ग सफाई थालिएको हो । गत वर्ष फागुन ३ गते गठन भएको प्रदेश ५ सरकारले आजदेखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले स्थापना दिवस मनाउँदै छ । सोही अनुसार राजमार्ग सरसफाइ गरी स्थापना दिवसको शुभारम्भ गरेको हो ।
मुख्यमन्त्री शंकर पोखरेलले यस सरसफाई अभियानको नेतृत्व गरेका थिए । प्रदेश सरकारले बुटवलको चारै नाकाबाट सफाई अभियान सुरु गरेको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले सहर सफाई भइरहे पनि राजमार्ग फोहोर बन्दैगएको भन्दै सबै स्थानीय सरकारलाई हरेक साता बिदाको दिन राजमार्ग सफाई अभियानमा जुट्न आग्रह गरे साथै राजमार्ग र बन क्षेत्रमा जे गरे पनि हुन्छ भन्ने भावनाका कारण सडकहरु फोहोर थुपार्ने थलो भएको भन्दै उनले त्यसलाई हटाउन उनले आग्रह गरे ।
सामान्यतया विभिन्न अभियानको क्रममा सञ्चालन गरिने सरसफाइ तथा अन्य कार्यक्रमको औपचारिक सुरूआतमात्र गरी भाषण गरेर फर्किने गरेकोमा मुख्यमन्त्री पोखरेल सरसफाइ अवधिभर पूरै खटिए ।
स्थानीयलाई घर का साथै आफ्नो वरिपरिको बाटो सफा राख्न र खोल्सामा फोहोर नफाल्न उनले आग्रह गरे । सरसफाईमा नेपाली सेना, शसस्त्र, जनपद प्रहरी, स्वयमसेबिका, स्थानीय तथा जनप्रतिनिधिहरुको सहभागिता छ ।प्रदेश सरकारले पहिलो स्थापना दिवसमा फागुन ३ गते विशेष कार्यक्रमको आयोजना गरे मनाउदैँ छ । फागुन ३ गते प्रदेश सरकारले सार्बजनिक विदा दिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment