Thursday, February 21, 2019

प्रमुख जिल्ला अधिकारीद्वारा घरमै पुगेर अपांग दिदीभाईलाई नागरिकता प्रदान

शोभा आचार्य पौडेल 
कोहलपुर, फाल्गुन ०९
      मधुवन नगरपालिका—८ बर्दिया शिवनगरका कुलबहादुर डागी सत्र वर्षदेखि घरको ओच्छ्यानमा थलिएका छन् । उनी हाल २३ वर्ष पुगे तर दुवै खुट्टाले काम गर्दैन । मानसिक रुपमा पनि असक्षम उनलाई ह्ल्चीयर को साहरामा अरुले डोर्‍याउनु पर्छ । कुलबहादुरकी दिदी पनि २५ वर्ष देखि ओच्छ्यानमै छिन् । उनको अवस्था कुलबहादुरको भन्दा अझ बढी नाजुक छ । २५ वर्षिया मुनाकुमारी डागी जन्मजात नै शारीरिक मानसिक असक्त हुन् ।

 बुधबार बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले ति असक्त दिदी भाईलाई घरैमा पुगेर नागरिकता प्रदान गर्नुभयो । प्रमुख जिल्ला अधिकारी घरैमा पुगेर नागरिकता दिइएको जिल्लाको हकमा भने यो पहिलो हो । ‘प्रशासन कार्यालयमा जान नसक्ने शारीरिक रुपमा अशक्तहरुलाई यसरी घरैमा पुगेर नागरिकता बनाइएको जिल्ला मै पहिलो पटक हो ।'कुरुम्बाङले भन्नुभयो, ‘नागरिकहरुको सेवाका लागि घुम्ती शिविर पनि चलाइरहेका छौँ तर अशक्तहरुको घर पुग्ने कामको यो सुरुवात हो ।’
वडा अध्यक्ष विजयकुमार रानाले आफूहरुको आग्रहलाई स्वीकारेर घरैमा पुग्ने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई धन्यवाद दिँदै बर्दियाले यस्तो सिडिओ फेरी पाउनेमा शंका व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment