सर्वसाधारण र जननिर्वाचित प्रतिनिधिबिच अन्तरक्रिया
हेमन्त न्यौपाने
पुनर्वास, फाल्गुन १२
कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट प्रकाशित हुने यस हाम्रै साझा पत्रिकाले ‘साझा बहस’ नामक एक कार्यक्रम सञ्चालन गरेको छ । पुनर्वास नगरपालिकामा सञ्चालन भईरहेको कार्यक्रम नगरका सबै वडाहरुमा छुट्टाछुट्टैरुपमा सञ्चालन हुनेछ । पत्रिकाले ‘सुशासन र विकासका लागि जनचासो र जवाफदेहीता’ भन्ने नारासहित पहिलोपटक वडावासी सर्वसाधारणले जनप्रतिनिधि तथा सरोकारवाला निकायसंग सवालजवाफ गराईरहेको छ । नगरका सबैवडामा सञ्चालन हुने कार्यक्रमको उद्घाटन आइतबार वडा नम्बर ६ मा सम्पन्न भएको छ । वडा कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा बिष्ट, वडाअध्यक्ष मन बहादुर गुरुङ, कृषि शाखा प्रमुख तथा नगरपालिकाका प्रवक्ता भारमल सुनार, कार्यपालिका सदस्य बिमला सापकोटा, बजार व्यवस्थापन समिति अध्यक्ष अमीत रोकाया, वडा सदस्यहरु स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडाका विभिन्न समस्याहरुबारे सवालजवाफ् भयो । कृषि, सडक, खानेपानी, ढल, सुकुम्बासी समस्या, सीमा समस्या, शिक्षा, स्वास्थ्य देखि विविध समस्याहरुमा अन्तरक्रिया भयो । सर्वसाधारणबाट आएका सवालको उपप्रमुख बिष्ट, वडाअध्यक्ष गुरुङ र प्रबक्ता सुनारले जवाफ् दिनुभएको थियो । कार्यक्रममा अधिकांश कृषि सम्बन्धि प्रश्नहरु बढी आएको थियो ।
प्रश्नकर्ताहरु हरि अधिकारी, कृष्ण पण्डित, बिजयराज हमाल, राजेन्द्र बराल, नन्दराज जोशी, अनिल शाही, लगायतका सहभागीहरुले प्रश्न राखेका थिए । स्थानीय जनचासो र सवालहरुलाई सम्बन्धित निकाय सम्म पुर्याउदैँ विकासमा गतिदिने उद्देश्यका साथ सुरु गरिएको यस कार्यक्रमले टोलटोलका समस्याहरुको उजागर गर्ने उदेश्य राखिएको छ ।
प्रश्नकर्ता स्थानीय हरि अधिकारीले कृषि, सीमा, विद्युत लगायतका बिषयमा आफ्नो प्रश्न राख्नुभएको थियोभने उहाँको प्रश्नमा उपप्रमुख शारदा बिष्ट, कृषि शाखाका संयोजक भारमल सुनार तथा वडाअध्यक्ष गुरुङले जवाफ दिनुभएको थियो ।
प्रश्नकर्ता स्थानीय कृष्ण पण्डितले नगर तथा वडा कार्यालयले यहाँका सर्वसाधारणको जिविकोपार्जन र आर्थिकस्थितमा सुधार ल्याउन के पहल गरेको छ? भन्ने प्रश्न राख्नुभएको थियो । उहाँले बीउ, मलखाद तथा कृषिबाली लगायतमा आत्मनिर्भर बन्न सकिने योजना बारेमा जिज्ञासा् राख्नुभएको थियो । उहाँको प्रश्नमा तिनैजनाले जवाफ दिनुभएको थियो ।
त्यस्तै, स्थानीय राजेन्द्र बरालले फलफूल खेती गर्दा धेरै मेहनत गरेर ५० हजार अनुदान पाउन २५ हजारजति खर्च नै हुने गरेको कुरा राख्नुभयो । उहाँले आफ्नो अपेक्षा र हौसला अनुसारको वातावरण नपाउदा उचित लाभ लिन नसकिएको बताउनुभयो ।
त्यस्तै, स्थानीय नन्दराजले प्रतिभानगर टाउन बजार धुलाम्मे र हिलाम्मे बनेको भन्दै प्रश्न राख्नुभएको थियो । उहाँले बीउबिजनमा आत्मनिर्भर बनाउन नगरपालिका तथा वडा कार्यालयले के नीति लिएको छ? भनी प्रश्न राख्नुभएको थियो । त्यस्तै, स्थानीय युवा अनिल शाहीले यस क्षेत्रमा पोल्ट्री फर्म सञ्चालन गर्नमा भएका कठिनाइ र चुनौतीबारे ध्यानाकर्षण गराउनुभयो । उहाँले ७ बर्ष देखि आफुले निरन्तर फर्म सञ्चालन गरेपनि अनुदान लगायतका प्रोत्साहन हुने कुनै सहयोग नपाएको बताउनुभयो । उहाँले यस क्षेत्रमा लाखौंको लगानीमा बनेका कुखुरा फर्महरु खाली रहेको जानकारी गराउँदै कसरी व्यावसायिहरुलाई सहयोग गर्न सकिन्छ भनी प्रश्न गर्नुभयो । उहाँको प्रश्नमा उपप्रमुख बिष्ट र वडाअध्यक्ष गुरुङले जवाफ् दिनुभएको थियो । त्यस्तै, अन्य स्थानीय सर्वसाधारणहरुले समेत आफ्ना प्रतिनिधिहरुसंग आफ्नो प्रश्न राखेका थिए । कार्यक्रममा छायांकन भएको भिडियो हाम्रै साझा पत्रिकाको फेसबुक पेजमा राखिएको छ । पेज मार्फत जुनसुकै बेला संसारभरबाट हेर्न सकिनेछ ।
No comments:
Post a Comment