Monday, February 25, 2019
सुदूरपश्चिम प्रदेशस्तरिय महिला तथा पुरुष तर्फका दुबै कबड्डीखेल प्रतियोगिताको उपाधी कञ्चनपुरलाई
हाम्रै साझा पत्रिका
बेलौरी, फाल्गुन १३
सुदूरपश्चिम प्रदेशस्तरिय महिला तथा पुरुष तर्फको कबड्डी खेलको छनौट प्रतियोगितामा कञ्चनपुरले उपाधी कब्जा गरेको छ । आइतबार कञ्चनपुरको बेलौरी नगरपालिकामा सम्पन्न पुरुष तर्फको खेलमा कञ्चनपुरले उपाधी हात पारेको हो । यसअधि पुनर्वास नगरपालिकामा सम्पन्न महिला कबड्डी प्रतियोगितामा समेत कञ्चनपुरले प्रथम स्थान कब्जा गरेको थियो । बेलौरी नगरपालिका २ गोकुलपुरको खेलमैदानमा शुक्रबार देखि जारी पुरुष तर्फको प्रतियोगितामा कञ्चनपुरले उपाधी जित्न सफल भएको हो ।
फाइनल खेलमा कैलाली खेलकुद विकास समितिलाई ५ अंकान्तरले पाखा लगाउदै कञ्चनपुरले प्रदेशस्तरिय पुरुष कबड्डी प्रतियोगितामा स्थान ओगेटेको छ । खेल अवधीमा निकै रोचक प्रतिस्पर्धामा देखिएका कैलाली र कञ्चनपुर अन्तत फाईनल भिडेका थिए । कञ्चनपुरले निकै प्रतिस्पर्धा गर्दै नतिजा आप्mनो पोल्ठोमा पारे पछि कैलाली खेलकुद विकास समितिले उपविजेतामा चित्त बुझाउनु परेको आयोजकले जनाएको छ ।
आईतबार एक औपचारिक कार्यक्रमका बिच सुदूर पश्चिम प्रदेश खेलकुद विकास समितिका संयोजक लाल बहादुर शाहीको सभापतित्वमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । कार्यक्रममा बेलौरी नगरपालिका का नगरप्रमुख पोतिलाल चौधरी प्रमुख अतिथिको दिर्घामा आसिन हुनुहुन्थ्यो भने कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख, प्रतिनिधी एवम् खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् नगरप्रमुख चौधरीले ७ नम्बर प्रदेशलाई नै चिनाउने अवसर हुने गरि जुन रुपमा कार्यक्रमको आयोजना गरियो यसको निम्ती आयोजक समितिलाई धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँले भन्नुभयो । साथै बेलौरी नगरपालिका देश र राष्ट्रको गरिमा बढाउने किसिमका कार्यक्रमहरुमा उत्साह एवम् हौसला प्रदान गर्न सदैव तत्पर रहेको समेत उहाँले बताउनु भयो ।
यस्तै, कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवम् सुदूरपश्चिम प्रदेश खेलकुद विकास समितिका संयोजक लाल बहादुर शाहीले' खेल अनुशासित एवम् मर्यादित ढङ्ग खेल्नु पर्ने कुरामा जोड दिनु भयो ।" उहाँले थोरै रकम र सिमित स्रोत साधनका वाफजुत पनि सुदूरपश्चिम प्रदेशस्तरिय पुरुष कबड्डी छनौट प्रतियोगिता सफल पुर्वक सम्पन्न भएकोमा खेललाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने महानभावहरुलाईल धन्यवाद समेत व्यक्त गर्नु भयो ।'
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment