Monday, February 25, 2019
बेलौरी नगरपालिकामा खुरेत रोगको महामारी, औषधी लिएर नगर प्रमुख पुगे घरघरमा
लाल बहादुर एसके
बेलौरी, फाल्गुन १२
कञ्चनपुरको बेलौरी नगरपालिकामा पशु चौपायाहरुमा देखिने खुरेत रोगको महामारी देखिएको छ । रोग निकै बढ्न थापेपछी बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी आफै पशुरोग विशेषज्ञ लिएर गाउँगाउँमा पुग्नुभएको छ । खोरेत रोग पशुहरूलाई लाग्ने सरुवा पशुरोग हो । यो रोग लागेमा पशुहरूको खुर पाक्ने भएकोले यस रोगको नाम खोरेत रोग अथवा खुरको रोग भन्ने गरिन्छ ।
जनताको कार्यलाई पहिलो प्राथमिकता दिदैँ आएका नगरप्रमुख चौधरी पशुचौपायामा खुरेत रोगको महामारी फैलिएर कृषकहरु निराश भैइरहेका बेला आफैँ पशु विशेषज्ञलाई लिएर जनताको घरघरमा गएर पशुहरुको उपचार मा खटिनु भएको छ ।
विशेषज्ञ सेवा र औषधि समेत निशुल्करुपमा व्यवस्था गरेपछि सम्पुर्ण कृषकहरुमा खुशि छाएको छ । औषधि नै लिएर गाउँ गाउँमा आफै नगरप्रमुख पुगे पछि किसानहरुले जनतामा महामरी फैलिदा समेत कोहि नपुगेको खबर आफुहरुले सुनेको तर पशुहरुको लागि समेत नगरप्रमुख आफै घर घरमा आउने यस्तो नगरप्रमुख पाउनु हाम्रोलागि आफैमा ठुलो सौभाग्य हो भन्दै ठुलो प्रसंशा गरेका छन । त्यसरी नै नगर प्रमुख चौधरीले सुरु देखीनै आफुले जनताका कामलाई पहिलो प्राथमिकता दिईरहेको बताउदै जनता भन्दा ठूलो आफ्नो लागि कोहि नभएको बताउनु भयो ।
यो रोग खास गरेर घरमा पालिने जनावर गाई, भैंसी, बाख्रा आदीलाई लाग्दछ । यो रोग लागेमा पशुहरूका खुर पाक्नुको साथै ज्वरो आउने, घाँस नखाने जस्ता लक्षणहरू पनि देखा पर्छन् । यदी खोरेत रोगको बेलैमा ध्यान पुगाउन न सकेमा खोरेत रोग लागेको पशु मर्न पनि सक्छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment