Friday, February 22, 2019

नेपाल राहत शिक्षक पुनर्वास नगर कमिटीद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

-सुनिलकुमार लो 
कञ्चनपुर,फाल्गुन १०
 नेपाल राहत शिक्षक पुनर्वास नगर कमिटिले हिजो बिहिवार अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ। पुनर्वास जनता माध्यमिक विद्यालय त्रिभुवन बस्तिमा गरिएको सो कार्यक्रमको अध्यक्षता पुनर्वास नगर संयोजक जय बहादुर मडैले गर्नुभएको थियो । प्रमुख अतिथीको रुपमा प्रदेश समिति सदस्य कुसुम न्यौपाने,विशिष्ट अतिथिका रुपमा कञ्चनपुर जिल्ला अध्यक्ष लवदेव अवस्थी र जिल्ला उपाध्यक्ष विरेन्द्र बहादुर सिंह, अतिथिका रुपमा जिल्ला सहसचिव काली नेपाली,जिल्ला सदस्य लक्ष्मी खडका, महाधिवेसन प्रतिनिधि धौल सिंह जागरी रहनुभएको थियो । पुनर्वास नगर कमिटिका उपाध्यक्ष धनु ओलिको स्वागत मन्तव्यबाट सुरु भएको सो अन्तरकृया कार्यक्रममा विभिन्न वक्ताहरुले राहत शिक्षकहरुको हक हितको सन्दर्भमा राज्यले गरेको सौतेनी व्यवहारको आलोचना गरेका थिए । साथै केही दिन भित्रै निर्णायक आन्दोलन गरि सरकारलाई घुँडा टेकाएरै छाड्ने प्रतिवद्धता समेत गरेका थिए । मन्तव्यको क्रममा रामबुद्ध मा.वि. पुरैनाका शिक्षक धर्मराज जोशिले संघ र संगठनको पछि लागेर जिन्दगीभरी दौडे पनि उनिहरुको बेवास्ताका कारण राहत शिक्षकहरुको पेशा धरापमा परेको बताउनुभयो । संघ र संगठनको पुच्छर समातेर राहत शिक्षकहरुले जिन्दगीमा सबैभन्दा ठूलो गल्ती गरेको बताउनुभयो । कञ्चनपुर जिल्ला उपाध्यक्ष विरेन्द्र बहादुर सिंहले अबको आन्दोलन निर्णायक आन्दोलन हुने बताउनु भयो । निकट भविष्यमा हुन गईरहेको शिक्षक महासंघको निर्वाचनमा राहत शिक्षकहरुले विशेष चासो दिएर निर्वाचनमा सकेसम्म आफू उम्मेदवारको रुपमा उठन,नसके राहतका साथीहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । नेपाल राहत शिक्षक कञ्चनपुरका अध्यक्ष लवदेव अवस्थीले राहत शिक्षक एउटा देशको विशिष्ट परिस्थितीले सृजना गरेको शिक्षक भएको बताउनुभयो । माओवादी जनयुद्धको कारण नेपालका ग्रामीण क्षेत्रका सरकारी विद्यालय खाली भएको जोखिम अवस्थामा राहत शिक्षकहरुले आफ्नो ज्यानको पर्वाह नगरी देशका लागि योगदान दिएकाले यसको राज्यले उचित मुल्याङ्कन गर्नुपर्ने बताउनुभयो । प्रदेश कमिटी सदस्य कुसुम न्यौपानेले राहत शिक्षकअ माथिको सम्पूर्ण भेदभाव हटनुपर्ने बताउनु भयो । सभापतिको आसनबाट बोल्दै नगर कमिटीका संयोजक जय बहादुर मडैले राहत शिक्षकहरुमा देखिएको आर्थिक अनुशासनको अभाव र अरुले गरेर आफुले खाउँ भन्ने प्रवृति हटन जरुरी रहेको बताउनुभयो । गत असोज २२ गते सरकारसंग भएको सम्झौता लागू नभए कडा आन्दोलनको लागी तयार हुन सबैलाई आग्रह गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा पुनर्वास क्षेत्रका राहत शिक्षकहरुले आआफ्ना गुनासा र विचारहरु राख्नुभएको थियो । कार्यक्रमलाई नगर कमिटी सचीव नवराज ओझाले संचालन गर्नुभएको थियो ।             

No comments:

Post a Comment