५५ करोड भन्दा बढी लागतमा बन्नेछ पुनर्वासमा श्रीनिवास दिव्यधाम !
अखण्डरुपमा बलिरहेको मन्त्रद्वारा उत्पन्नभएको अग्निदेव
हेमन्त न्यौपाने
पुनर्वास, फाल्गुन १५
कञ्चनपुरको दक्षिणीभेग पुर्नवास नगरपालिका वडा नम्बर ८, क गाउँमा रहेको अखण्ड बलबर्दन अग्निदेव मन्दिरसंगै निर्माण हुन लागेको श्रीनिवास दिव्यधाममा भक्तिअनुष्ठान सञ्चालन हुनेभएको छ ।
कहिल्यै ननिभ्ने मन्त्रद्वारा उत्पन्न गरिएको अग्नि कुण्ड रहेको अखण्ड बलबर्दन अग्निदेव मन्दिर नेपालकै विशेष मन्दिर हो । नेपालमा कहिल्यै ननिभ्ने अखण्ड अग्नि मन्दिर जम्मा ४ वटा मात्र छन । जसमा यस मन्दिर समेत पर्दछ । स्वामी गोविन्दाचार्यले वैदिक मन्त्रोच्चरण तथा साधना शक्तिद्धारा अखण्ड बलबर्धन अग्निदेव भगवान प्रतिष्ठापन गर्नुभएको
मन्दीरसंगै निर्माण हुन लागेको श्रीनिवास दिव्यधाममा स्वामी गोविन्दाचार्यको अगुवाईमा फाल्गुन २० गतेका दिनदेखि बैशाख ७ गते सम्म महाअनुष्ठान सञ्चालन हुने स्वामी गोविन्दाचार्यले जानकारी दिनुभएको छ । महाअनुष्ठान अवधीभर श्रीनिवास दिव्य धाम रहेको स्थानमा तीर्थस्थल निर्माण, मणिमय मण्डप, गरुडस्तम्भ लगायतका संरचना निर्माणका लागि ८ करोड १२ लाख भगवद् आचार्य नामसेवा अर्पण, १०८ श्रीमद्भागवत महापुराण, पारायण लगायतका धार्मिक कार्यक्रम सञ्चालन गरिने समितिका अध्यक्ष विश्वनाथ बिष्टले जानकारी दिनुभयो । श्रीनिवास दिव्यधामका संकल्पकर्ता एवम संस्थापक स्वामी गोविन्दाचार्य दाहालको परिकल्पनामा दिव्यधामलाई तीर्थस्थलका रुपमा विकास गर्ने उद्देश्यले ५० दिने विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महाअनुष्ठान लाग्ने भएकोछ ।
महाअनुष्ठान अवधीभर ८ करोड १२ लाख भगवद् आचार्य नामसेवा अर्पण, ५० दिन नै निरन्तर अर्चन, वन्दन, हवन, नाम संकीर्तन, १०८ श्रीमद्भगवान महापुराण पारायण, अन्तराष्ट्रिय विद्धत एवम सन्त सम्मेलन तथा सवा करोड दीप प्रज्जवलन लगायतका धार्मिक कार्यहरु हुने श्रीनिवास दिव्यधामका संकल्पकर्ता एव्म संस्थापक स्वामी गोविन्दाचार्यले जानकारी दिनुभयो । महाअनुष्ठानले धर्म संस्कृति संरक्षण, सम्बद्र्धन, राष्ट्रशान्ति, पावन दिव्यधाम विकास, पुण्यलाभ एवम पितृमोक्ष प्राप्त हुने विश्वास गरिएको छ ।
यस्तै सामाजिक एकता, धार्मिक पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसाय प्रवद्र्धनमा समेत भुमिका खेल्ने अपेक्षा आयोजकको छ ।
एक बिघा १६ कठ्ठा क्षेत्रफलमा रहेको दिव्यधाम भविष्यमा ४४ दशमलव ४ फिट अग्लो मणिमय मण्डप, ५० फिट अग्लो दिव्य श्री राजगोपुरम विमान, ५० फिट अग्लो श्री भगवद्रथ, १ हजार ८ सहस्रधारा, तीर्थकुण्ड, पुष्पवाटिका, धर्मशाला, पुस्तकालय, योगशाला गौशाला लगायतका संरचना निर्माण गर्ने योजना बनाईएको छ ।
स्वामी गोविन्दाचार्य दाहालको परिकल्पना अनुसार भविष्यमा दिव्यधाम क्षेत्रमा बन्ने तीर्थस्थल,मणिमय मण्डप, राजगोपुरम विमान लगायतले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने श्रीनिवास दिव्यधाम सेवा समितिका महासचिव छविलाल खनियाले बताउनुभयो ।
श्रीनिवास दिव्यधाम सेवा समितिका अध्यक्ष विश्वनाथ विष्टमहाअनुष्ठानको तयारी समेत तिव्र पारिएको जानकारी दिनुभयो । अहिले महाअनुष्ठानका लागि आवश्यक पर्ने संरचना निर्माणको काम भइरहेको छ । महाअनुष्ठान लाग्ने श्रीनिवास दिव्यधाममै जन्मीएका स्वामी गोविन्दाचार्य दाहाल अध्ययरत तथा भगवद् भक्तिमा साधनरत रहेका बेला सो क्षेत्रमा भगवानको बास रहेको पत्ता लागेको विश्वास गरिएको छ ।
श्रीनिवास दिव्यधाम निर्माणार्थ सांसद विकासकोषबाट १० लाख सहयोग दिने प्रतिबद्धता प्राप्त भएको समितिले जनाएको छ । समितिले निकै ठुलो लागतमा निर्माण गर्न खोजेको यस धामको निर्माणका लागि देश, धर्म र संस्कृतिको रक्षा गर्न चाहाने हरेक नेपाली तथा सहयोगीमनबाट सहयोग लिईने श्रीनिवास दिव्यधामका संस्थापक तथा संरक्षक स्वामी श्री गोविन्दाचार्यले बताउनुभयो । महाअनुष्ठान सञ्चालनको मिति नजिकिएसंगै स्थानीय धार्मिक, समाजिक व्याक्तित्वहरुले साथ र सहयोग गरेका छनभने ईलाका प्रहरी कार्यालयले समेत काममा सहयोग गरेको छ ।
हेर्नुस् भिडियोमा ...
हेर्नुस् भिडियोमा ...
No comments:
Post a Comment