Monday, March 11, 2019

दुषित राजनीतिको जालोमा अल्झिएको मेरो देश


लेख/विचार 
     म एक सामान्य परिवारमा जन्म लिएको व्यक्ति । सुदुरपश्चिमको भारतीय सीमाको छेउमा रहेको पुनर्वास नगरपालिकामा जन्मिएर त्यहीँ बाल्यकाल बित्यो । आज म राजनैतिक प्रसंग तिर केन्द्रित हुन चाहेको छु । मलाई राजनीतिमा धेरै रस भिजेन । मलाइ राजनीति गर्न पनि आउदैन । तर राजनीतिले भने मलाइ छोडेन । दाइ जन्मिएको दुई दिन पछी म जन्मिए । अर्थात कान्छीआमाबाट दाइ अनि जेठी अर्थात मेरी आमाबाट दुईदिन पछी म जन्मिएको थिए । म जन्मिदा देखि नै घरबाटै राजनीति सुरुभएको आभास हुन्छ मलाई । राजनीति कमिला रहेछ । जहाँ पनि सजिलै छिरिदिने । बालपन देखि नै कुटनीति र राजनीति सिक्दै गए । दलगत राजनीति भन्दा अलि फरक खाले गाउँघरका राजनीतिको परिवेशमा धेरै बर्षहरु बिते । संगसंगै पार्टीगत राजनीतिले हरेक क्षेत्रमा डेरा जमाएको हुने  रहेछ ।

चलचित्र/म्युजिक भिडियो निर्देशक 
जिबि आग्री 

 दलको आडमा हिंसाजन्य कार्य तथा अपराधजन्य कार्यहरु मौलाएको देखिन्थ्यो । आफ्नो बचाउ अस्त्रको रुपमा राजनीतिलाई लिने परम्परालाई नजिकबाट नियालेको मेरो मानसपटलमा राजनीति प्रतिको वितृष्णा पैदा भयो । तर मलाई राजनीतिको चंगुलले घेरिसकेको थियो । कहिले निडर त कहिले लिडर बन्न थाले  । जागिरको लोभ गरिन, सम्पत्ति कमाउन मरिहत्ते पनि गरिन, पद र सत्ताको लागि दौडने मेरो नियति बन्न सकेन । मात्र एक राजनैतिक भरिया बन्न पुगे । स्वार्थगत भन्दा अलिपर नै रहेर राजनीतिमा सच्चा कार्यकर्ता र योद्धाको भारी बोक्न पुगे ।
अहिले यो भारी न बोक्नै सक्छु न फाल्न । यो भारी बिसाउने चौतारी नभेटुन्जेल यो भारी काँधमा नै रहेछ । जब त्यो चौतारीमा पुग्नेछु । अनि भारी बिसाएर आराम गर्नेछु । राज गर्नेछु । भारी बोकेर त्यहा सम्म पुगेका सबै भरियाहरुले आनन्दको सास फेर्नेछन, जिन्दगीको उमंग बनाउनेछन । त्यही मेरो चौतारी भएको छ यो मेरो प्यारो देश । भ्रष्टाचार, अपराध, स्वार्थ, हिंसा लगायत सबैमा हालीमुहाली राजनीतिकर्मी कै भईरहेको हुन्छ । धेरै अपराधीक क्रियाकलापमा राजनीति जोडिएको हुन्छ ।  देशको यस्तो स्थिति म एक दर्शक बनेर हेरिरहेको छु । बस एक मुकदर्शक बनेर ।




No comments:

Post a Comment