पुनर्वास २३ फागुन
एक साता अधि हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री रबिन्द्र प्रशाद अधिकारी र लामो समयदेखि बिरामी भई दिवांंगत हुुुुनुभएका पुर्वअर्थ मन्त्री भरतमोहन अधिकारीको जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा बिहीबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी पुनर्वास नगर कमिटीले अायोजना गरेको श्रद्धाञ्जली सभामा नेकपाका केन्द्रीय सदस्य तथा पुर्व सहायक मन्त्री लालबहादुर बिक , नेकपाका नेता एबं प्रदेश नम्बर ७ का सदस्य तारालामा तामाङ , नेकपा का नेता तथा पुनर्वास नगर प्रमुख जिवनराज थापा , नेकपाका नेता बिरबहादुर थापा , रमेश थापा , दिपक विसि , राम बहादुर देउकर नेकपाकि नेत्री तथा पुनर्वास नगर उप प्रमुख सारदा बिष्ट धामी , नेपाली काङ्ग्रेस पुनर्वास नगर सभापति यम प्रशाद पौडेल , नेपाली काङ्ग्रेस का नेता हरि प्रशाद अधिकारी लगायतले दिवंगत हुनुभएका नेता द्वय को तस्बिरमा माल्यार्पण गरि श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
युवा नेता तथा संस्कृति , पर्यटन तथा नागरिक उडयन मन्त्री रबिन्द्र अधिकारी को निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले नेपाल ले एउटा उदेयमान नेता गुमाएको भनाइ व्यक्त गरेका थिए भने पुर्व अर्थमन्त्री को निधन प्रति देशले एउटा असल र जिम्मेवार अभिभावक गुमाएको बताएका थिए ।
नेकपा केन्द्रीय कमिटीको निर्देशन अनुसार तिनदिनसम्म देशैभरि शोक सभा मनाउने निर्णय अनुसार दिवंगत हुनुभएका दुवैजना नेता द्वयको श्रद्धाञ्जली सभाको अायोजना गरिएको नेकपा कञ्चनपुर का नेता वीर बहादुर थापाले बताए । नेता थापाका अनुसार तिनदिन यता कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका , भिमदत्त नगरपालिका , र बेलडाडी गाउँपालिका हुंदै अाजै कृष्णपुर पुनर्वास तथा बेलौरि नगरपालिका मा सयौजनाको सहभागितामा श्रद्धाञ्जली सभाको अायोजना सम्पन्न गरिएको नेकपाका नेता तथा प्रदेश नम्बर ७ का सदस्य तारालामा तामाङले जानकारी गराउनुभयो ।
साझा बहस कार्यक्रमको सानो क्लिप
No comments:
Post a Comment