विशाल पाण्डेय
सुखड,चैत ०४
ऐया दुख्यो , मलाई बचाउ , अस्पताल लैजाउ , म बाच्न चाहन्छु । यी य यस्तै आवाज सुनिन्छ कैलालीको बर्दगोरीया गाउँपालीका - २ स्थित कुम्भीया गाउँमा वस्ने
शारदा बमको घरमा ! कारण हो ब्लड क्यान्सर लागेकी १९ वर्षिया उनको छोरी मिना !
मिना बमलाई ब्लड क्यान्सर रोग लागेको २ वर्ष भयो । उनलाई १ वर्ष देखी लगातार उपचार गरेपनी केही सुधार नभएपछि थला परेर घरमै बसिरहेकी छिन उनी , कारण हो आर्थिक स्थितिको कमि !
चिकित्सका अनुसार मिनाको उपचारका लागी करिब १० लाख लाग्ने रकम चाहिने भएकाले आफुहरुसगँ त्यति धेरै रकम नभएर उपचार नगरी घरमै राखेको मिनाकी आमा शारदा बमले आँखा भरी आँसु झार्दै बताइन् ।
उपचार गर्दा गर्दै भएको खेतबारी बेचेर सकियो । बस्नको लागि अब यहि सानो घर छ, अब यो पनि बेचेर कहाँ गएर बस्ने हो, भक्कानिदै शारदाले भनिन, '५ कठ्ठा जमिन बेचेर उपचार गरियो, अझै सन्चो भएको छैन, अहिले पैसा नपुगेपछि उपचार गर्न सकिएको छैन ।'
घरको आर्थिक स्थित कमजोर भएपछि कक्षा १० मा पढ्दा पढ्दै छोरीको दुई बर्ष अघि नै कैलालीको जोशीपुर गाउँपालिकाको सिमराना गाउँका एक युवकसंग माघी बिबाह गर्दिएको आमा शारदाले बताइन् ।
विवाह भएको केही समयपछि छोरी बिरामी पर्न थालि र बिरामी भएको छोरीसंग विवाह गरिदिएको भन्दै उनका श्रीमान र सासु ससुराले स्याहारसुसार गर्न छोडेपछि छोरि मिनालाई माईती घरमा ल्याएर स्याहारसुसार गरेको आमा शारदाले बताइन् ।
मिनाको उपचारको लागी काठमाण्डौँ, चितवनमा उपचार गर्दा रोग पत्ता नलागेपछि भातरको लखनउमा लगेर रोग पत्ता लागेको आमा शारदाले बताइन् । छोरिको जाँच गराउदा भएको अलि अलि पैसा सकियो तर,औषधि गर्न १० लाख भन्दा बढी लाग्ने हुँदा आफ्नो आर्थिक स्थित कमजोर छ , छोरीलाई बचाउन चाहान्छु भनी आँसु पुछ्दै आमा शारदाले छोरीको उपचारका लागि सम्पुर्णलाई अपिल गरिन ।
बिवाह गरेको केही समयपछि त्यस्तो रोग लागेको थाहा भएपछी उनको उपचारका लागि अस्पताल लगि भर्ना गरियो र अस्पतालमा पैसा धेरै लाग्ने भएपछि आफुसंग पैसा नहुदा घरमा ल्याएर राखिएको मिनाको मामा टेक बहादुर शाहले बताए । भान्जिको विवाह गरिसकेपछि श्रीमानले घरबाट नहेर्दा आफुले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको र उपचार गर्ने भनी कागज बनाएपनि अहिलेसम्म भान्जीलाई फर्केर नहेरेको मामा शाहले बताए ।
ब्लड क्यान्सर लागेर थला परेकी मिनाले
सङ्गै मर्ने बाच्ने कसम खाएर विवाह गरेका श्रीमानले अहिलेसम्म एक चोटि पनि भेट्न नआएको भन्दै आखाबाट आँसु खसालिन । जिन्दगीमा केही गर्ने सोच बनाएकि थिए , तर आज यस्तो गति भयो मिनाले आँसु पुछ्दै भनिन , ' हे भगवान म बाच्न चाहन्छु, मलाइ बचाउनुस !
ब्लड क्यान्सर लागेर थला परेकी मिना घरको माइली छोरी हुन ! उनको एक दिदी तथा बहिनी र भाइ रहेका छन् । आर्थिक स्थित कमजोर रहेको हुँदा मिनाको बुवा र भाइ केही समय पहिला रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् ।
मिनालाई सहयोग गर्न चाहाने इच्छुक ब्यक्तिले मिनाको आमा शारदा बमको नामबाट एभरेष्ट बैंकको खाता नं ०६८००५०१२००५६० मा तथा अंकल / अन्टीको सम्पर्क नं ९८४५९६००६५ र ९८६४३०९९६५ मा फोन गरेर सहयोग गर्न सकिन्छ ।
No comments:
Post a Comment