Thursday, March 21, 2019

होलिको अवसरमा रानाथारू उत्थान समन्वय मञ्चद्वारा हाेरी सदभाव मिलन कार्यक्रम २०७५को आयोजना


 -सुनिलकुमार लो
   पुनर्वास, ७ चैत्र
गत बर्ष झै हाेली पर्वकाे अवसरमा रानाथारू उत्थान समन्वय मञ्च पुनर्वासले हिजो बुधवार पुनर्वासको पैसट्ठी विगाहमा धुमधामसंग हाेली सद्भाव मिलन कार्यक्रम सम्पन्न गरेकाे छ। कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेका रानाथारू समुदायकाे चेतना अभिवृद्धि साथै गित संगित र नृत्यलाई जगेर्ना गर्ने उद्धेश्यले सो कार्यक्रमकाे अायाेजना गरिएकाे आयोजकले बताएका छन । रानाथारू समुदायको प्रमुख पर्वको रुपमा मनाईदै आएको होलिको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा पुनर्वास क्षेत्रमा रहेका बाह्र गाउँका भलमन्सा, नृत्य टोलिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा रानाथारु समुदायका कलाकार, रेडियो प्रस्तोता र साहित्यकारहरुको पनि उपस्थिति थियो । रानाथारू उत्थान समन्वय मञ्चका संयाेजक धाेखे रानाको सभापतित्व, सुदुरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा सचेतक तारा लामा तामाङ्गको प्रमुख आथित्यमा भएको कार्यक्रममा विशिष्ट अतिथिको आसनमा सुदुर पश्चिम प्रदेश सभा सदस्य श्यामलाल राना, पुनर्वास नगरपालिका प्रमुख जीवनराज थापा, उपप्रमुख शारदा बिष्ट, नेकपा नेताहरु वीर बहादुर थापा, कञ्चन गीरी, कृष्ण तामाङ, काङ्ग्रेस नेता याम प्रसाद पौडेल सहित विभिन्न राजनितिक दलका प्रतिनिधिहरूकाे सहभागीता रहेकाे थियाे। यस अवसरमा राना भाषाको पत्रिका उजियारोको प्रचार र विक्री पनि गरिएको थियो । कार्यक्रममा पुनर्वासका बाह्र गाउँबाट आएका कलाकारहरुले होलि नृत्य तथा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै नेकपाका नेता वीर बहादुर थापाले देशमा गणतन्त्र ल्याउन रानाथारु समुदाय र चौधरी समुदायको ठूलो योगदान रहेको बताउनुभयो । पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले रानाथारुहरुको संस्कृति अत्यन्त सम्पन्न रहेको बताउनुहुदै यसको थप विकासका लागि आफू हरदम तयार रहेको बताउनुभयो । प्रदेश सभा सदस्य तारालामा तामाङले होलिको शुभकामना दिदै रानाथारुहरु कैलाली र कञ्चनपुर क्षेत्रको सबैभन्दा पुरानो जाती भएको बताउनुभयो । यस समुदायमा रहेका हरेक समस्याको समाधानका लागि आफू र आफ्नो पार्टीले काम गरीरहेको बताउनुभयो । सभापतिको आसनबाट बोल्दै धोखे रानाले सहभागी सबैलाई धन्यवाद दिनुभयो । उहाँले होलिको शुभकामना दिदै यस कार्यक्रमले थोरै भएपनी रानाथारुको संस्कृति जोगाउन मद्दत पुगेको बताउनुभयो । फुल्लन रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई तिर्थराज रानाले संचालन गरेका थिए ।

No comments:

Post a Comment