-लालबहादुर एसके
पुनर्वास, २१ चैत
कंचनपुर । कंचनपुरको पुनर्वास नगरपालिका वडानम्बर २ दशरथबस्ती स्थित पल उर्ग्यान छ्योईलिङ गुम्बाले आयोजना गरेको विश्व शान्ति महायज्ञ होमलाई प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएकी पुनर्वास नगरपालिकाका उपमेयर शारदा बिष्ट धामीले हिजो एक कार्यक्रम बिच उदघाट्न गर्नुभएको छ ।
गुम्बाले पहिलो पटक विश्व शान्तिको लागि त्रिपिटक (बुम) पाठ गरि ग्रह दशा,शान्ति जप, होम, यज्ञ (सप्ताह पुराण) कार्यक्रम हिजो २० चैतबाट आगामी चैत २६ गतेसम्म गर्ने पल उर्ग्यान गुम्बाका सचीव तथा नेपाल तामाङ घेदुङ प्रदेश ७ का संयोजक दिलिप तामाङले हाम्रै साझा पत्रिकालाई जानकारी गराउनुभयो । कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश संयोजक तथा गुम्बा सचीव दिलिप तामाङका साथै दशरथ बस्तीका गाउँ मुखिया भुपालमान लो,गुम्बाका अध्यक्ष अम्बर डिमडुङ, नेपाल तामाङ घेदुङ कञ्चनपुरका अध्यक्ष नरविर तामाङ, कञ्चन क्षोईलिङ गुम्बाका प्रमुख लामा क्षेत्र बहादुर लामा, गुम्बाक पुजारी,अन्य लामा गान्वाहरु लगायत गाउँका भद्रभलादमी र सर्वसाधारणको उपस्थिति थियो ।
कार्यक्रममा सपरिवार सहभागी भई आत्मिक लाभ उठाउन दशरथ बस्तिका गाउँ मुखिया भुपालमान लोले सबैलाई आव्हान समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख शारदा बिष्ट धामीले कार्यक्रमको सफलताको लागि अग्रिम शुभकामना दिनुभयो । उहाँले तामाङहरुको धर्म संस्कृति र पहिचान विश्वकै उत्कृष्ट रहेको बताउनुभयो । तामाङहरुको कला संस्कृति र भेषभुषाको जगेर्ना गर्न आफुले आफ्नो तर्फबाट हुनसक्ने कामका लागि हरदम तयार रहेको स्पष्ट पार्नुहुदै देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला धर्म संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ थियोे ।
No comments:
Post a Comment