Wednesday, April 3, 2019

गरिव तथा जेहेन्दार विद्यार्थीलाई नि:शुल्क पोषाक वितरण


धन बहादुर बिक
पुनर्वास २० चैत 
        पुनर्वास नगरपालिका स्थाई घर भई हाल अमेरिकामा बस्दै अाउनुभएका शिव प्रशाद बिष्टले गरेको अार्थिक सहयोगमा  पुनर्वासको एक निजि बिद्यालय मा ९९ जना बिध्यार्थिलाई निशुल्करूपमा पोषाक वितरण गरिएको छ ।
    रोजगारी को शिलसिलामा विगत केही बर्षदेखि अमेरिका बस्दै अाउनुभएका बिष्टले पुनर्वास नगरपालिका ६ स्थित श्री युगज्योती एकाडेमि माविमा अाफुले पढाएको बिधालय मा अध्ययनरत गरिव तथा जेहन्दार बिध्यार्थिलाई  पोषाक वितरण गर्ने भनी पठाईएको ३० हजार रकमबाट ९९ जना बिध्यार्थिलाई निशुल्करूपमा उक्त पोषाक वितरण गरिएको हो ।
      बिधालय मा अध्यापनरत शिक्षक का जनहि एक जना बिध्यार्थि सहित गरिव जेहन्दार गरि ९९ जना बालबालिकालाई उक्त पोषाक वितरण गरिएको हो ।
 समाजसेवा को भावनाबाट अोतप्रोत रहेका बिष्ट  बिद्यालय का शिक्षक तथा गैर सरकारी संस्था नेपाल ग्रामीण विकास संघ ( राडा नेपाल ) का अध्यक्ष समेत रहंदै अाएका थिए भने यसअघि पनि एक अन्य सामुदायिक बिद्यालय मा पनि निशुल्करूपमा गरिव तथा जेहेन्दार बिध्यार्थिलाई न्यानो लुगा वितरणमा सहयोग गरिसकेका छन ।
       पोशाक वितरण कार्यक्रम यूगज्योती एकाडेमि माविका संस्थापक अध्यक्ष बिस्वनाथ बिष्टको सभापतित्वमा भएको थियोे भने कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मन बहादुर गुरूङ प्रमुख अतिथि रहनुभएको थियोे । कार्यक्रममा पिटिए अध्यक्ष नवीन कुमार तिमिल्सिना , सदस्य रूपेश कुमार खरेल अभिभावक मान बहादुर तामाङ लगायत अतिथि रहनुभएको थियोे ।
       निशुल्क पोषाक प्रदान गर्ने सहयोगी शिव प्रशाद बिष्टले गरेको कार्य प्रति कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,अतिथि तथा बिधालय परिवार अभिभावक ले प्रशंसाा गर्दै धन्यवाद दिएका थिए ।

No comments:

Post a Comment