Wednesday, April 3, 2019

पुनर्वासमा पनि ६२ औं राष्ट्रिय सहकारी दिवस मनाईयो

धन बहादुर बिक 
पुनर्वास २० चैत 
        दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नारा सहित ६२ औं राष्ट्रिय सहकारी दिवश बिहीबार पुनर्वास नगरपालिकामा भब्यरूपमा सम्पन्न गरिएको छ ।


  पुनर्वास नगरस्तरिय समन्वय समितिले साविक बाईसिबिचवा को भिमबस्ति स्थित पुनर्वास नगरपालिका १० बिजय माविमा आयोजना गरेको कार्यक्रम लाई प्रदेश नम्बर ७ का सदस्य तारालामा तामाङ्गले सम्बोधन गर्नुभएको थियोे। सभालाई सम्बोधन गर्दै प्रदेश सदस्य लामाले अब एउटै उदेश्य संग मिल्दोजुल्दो सहकारी लाई मर्ज गर्नुको विकल्प नरहेको  कुरामा जोड दिनुभयो ।
   केन्द्र सरकार र प्रदेश सरकारको पनि सहकारी प्रबर्द्धन गर्ने तर्फ बिशेष जोड रहेको बिषयमा जोड दिदै स्थानीय अाफैले स्थापना गरेको सहकारी लाई प्रोत्साहन गर्नुपर्ने र  चर्को ब्याजदरमा सञ्चालित वित्तीय बैंक हरूलाई निरूत्साहित गर्नुपर्ने बताउनुभयो । च्याउ जस्तै सञ्चालनमा अाएका वित्तीय बैंक हरूले सोझासाझा जनताको रगत चुस्ने कार्य गरेको तथा कतिपय परिवारलाई विस्थापित समेत गर्दै अआएको  छ लामाले भन्नुभयो ।
      कार्यक्रममा दलित बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर मगरले सहकारी हरूलाई मर्ज गर्न भाषणमा बोले जस्तै व्यवहारमा कार्यनव्यन गरन त्यति सजिलो नभएको बताउनुभयो । पुनर्वास मा ४५ वटा सहकारी हरू सञ्चालित हुदै आएका छन ।
      नगर स्तरीय सहकारी समन्वय समितिका अध्यक्ष शंकर बहादुर केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नम्बर ७ का सदस्य तारालामा तामाङ प्रमुख अतिथि रहनुभएको थियोे भने बिशिस्ट अतिथिमा पुनर्वास नगरपालिका उप प्रमुख सारदा बिष्ट धामी , राष्ट्रिय दुग्ध सहकारी संघ केन्द्रीय सञ्चालक सदस्य भरतबहादुर बिष्ट । जिल्ला बचत संघ कञ्चनपुर सचिव डिल्ली प्रशाद शर्मा लगायत रहनुभएको थियो । कार्यक्रममा पुनर्वास मा सञ्चालित विभिन्न सहकारी का अध्यक्ष  व्यवस्थापक तथा कर्मचारी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिभिन्न सांसकृतिक नृत्य को समेत अायोजना गरिएको उक्त कार्यक्रममा सहकारी समन्वय समिति कि सदस्य प्रेमलता गौतम को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन समितिका व्यवस्थापक एक कुमार श्रेष्ठले गर्नुभएको थियोे ।

No comments:

Post a Comment