Saturday, April 6, 2019

पुनर्वासमा चलिरहेको ‘मूभभेन्ट आर डान्स सिजन १’ को फाइनल बैशाख १ गते

हेमन्त न्यौपाने 
पुनर्वास, चैत २३
       फाल्गुन महिनामा पुनर्वास र बेलौरीका विभिन्न स्थानमा अडिसन भएको ‘मूभभेन्ट आर डान्स सिजन १’ को शनिबार ‘सेमिफाइनल’ सम्पन्न भएको छ । होटल सम्राटको सभाहलमा सम्पन्न सेमिफाइनलमा मेघा अडिसनबाट आएका ६० जना प्रतिस्पर्धी मध्ये ४१ जनाले सहभागी जनाए । जसमा ३४ जना प्रतिस्पर्धीले फाइनलको यात्रा तय गरेका छन । पुनर्वास र बेलौरीमा भएको अडिसनमा ९३ जना बालबालिकाले प्रतियोगितामा भाग लिएका थिए । चैत ९ गते भएको मेघा अडिसन राउण्डबाट सेमिफाइनल पुग्न नसकेका ३३ प्रतिस्पर्धीहरु प्रमाणपत्र सहित विदा भएका थिए । 


 फाइनलका लागि छनौट भएका डान्सरहरुलाई आईतवार देखि बुधबारसम्म्म स्पेसल ट्रेनिङ दिईने जसमा तीन स्टाईलको डान्स कन्टम्प्रोरी, हिपप, कल्चर साथै सहभागीहरुलाई उदघोषण, मोटिभेसन र मेडिटेसन कक्षाहरु समेत संचालन गरिने डान्स प्रशिक्षक तथा कार्यक्रमका प्रोड्युसर धिरज देवकरले बताए । आगामी कार्यक्रम बैसाख १ गते नयाँ बर्ष २०७६ को उपलक्ष्यमा ग्राण्ड फिनाले रहने र उक्त कार्यक्रमको उदघाटन प्रदेश सभा सदस्य तथा सुदुर पश्चिम नेकपा सचेतक तारालामा तामाङबाट हुने कार्यक्रम कोओर्डिनेटर रामबहादुर देवकरले बताए ।

प्रतियोगितामा विजेता हुने सहभागी प्रतिस्पर्घीले नगद रु. १५ हजारका साथै ट्रफी पाउने छन । त्यस्तै फर्ट रनरअपले १० हजारसहित ट्रफी र सेकेन्ड रनरअप हुने प्रतिस्पर्धीले ५ हजार सहित ट्रफी पाउने छन । सेमिफाइनल राउन्ड देखि भोटिङमा गएको हुँदा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत डान्सलाई आधार बनाएर अंक निर्धारण गरिने प्रतियोगिताका निर्णायक तथा नृत्यकार धिरज देवकरले बताउनुभयो । १७ बर्ष देखि निरन्तर नृत्य क्षेत्रमा कार्यरत देवकरले भारतको भारत मुम्बई शहरमा नृत्य सिकेर आउनुभएको हो । उहाँले कपिलवस्तुमा डान्स एकेडेमी समेत सञ्चालन गर्नुभएको छ ।


यस अडिसनबाट छनौट हुने २ सहभागीलाई काठमाडौ स्थित राहुल शाहको वाइभ एन्ड वेभ नृत्य केन्द्रबाट नृत्य प्रशिक्षण गराइ नृत्यकलामा दक्ष बनाइने प्रशिक्षक तथा निर्णायक देवकरले जानकारी गराउनुभयो ।
२० प्रतिशत भन्दा बढी भोटिङ गर्नेलाई नृत्य प्रतिस्पर्धीहरुलाई एउटा म्युजिक भिडियोमा काम गर्ने अवसर समेत दिइने उहाँले जानकारी गराउनुभयो । कुपन प्रणालीबाट गरिने भोटमा १ भोटको १ सय रुपैयाँ लाग्नेछ । भोटिङका लागि सम्बन्धि प्रतिस्पर्धीका अभिभावकले नै भोट संकलन गर्नुपर्नेछ ।


No comments:

Post a Comment