लालबहादुर एस.के
बेलौरी, चैत २३
बेलौरी नगरपालिकाद्वारा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई बिहिबार साइकल वितरण गरिएको छ । बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा एक औपचारिक कार्यक्रमका बिच महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई साइकल वितरण गरिएको हो । कार्यक्रममा बेलौरी नगरपालिका अन्तर्गत १ देखि १० वडा सम्मका १ सय १८ जना महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई साइकल वितरण गरिएको थियो ।
महिला स्वास्थ्य स्वयं सेविकाहरुको सहजताका लागि साइकल वितरण गरिएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको भनाई छ । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले महिला स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको उच्च कदर एवम् मुल्याङ्कन गर्दै सम्मान स्वरुप साइकल वितरण गरिएको बताउनुभयो ।
लामो समय देखि स्व्यमसेवीकाहरुले बेलौरी नगरपालिका भित्रमा काम गर्दै आइरहेका भएता पनि उहाँहरूको कामको उचित मुल्यांकन गरि उहाँहरुलाई नगरबाट हुने विभिन्न किसिम्मका सेवासुविविधाहरु उपलब्ध गराउने नगर प्रमुख द्रारा प्रतिबद्धता गर्दै हिजोका दिनमा साँसदबाट भएका भुटा आससनाहरु स्वयम् सेवीकाहरुलाई गरियोको थियो ।
अब चाहिँ नहुने त्यस्ता खालका आश्वासनहरु नहुने व्यक्त गर्नुभएको स्वयमसेवीकाहरुले लामो समय देखि अवरात्र खटी बालबालिकाहरुलाई रोग नलाग्न दिन हुन विभिन्न किसिम्मका रोगहरुलाई न्युनीकरण गर्दै
झडापखाला, डेंगु, हातीपाईले लगाएतका विभिन्न किसिमका
रोगहरुबाट बचाउन योगदान पुराउने उहाँहरुलाई ढिलो भएपनि जनप्रतिनिधि आएपछि साइकल वितरण गर्न पाउँदा खुशी महसुस भएको बताउनुभयो ।
यस्तै, उक्त कार्यक्रमका सभापति एवं बेलौरी नगरपालिका वडा नं. ४का अध्यक्ष अर्जुन ढकालले बेलौरी नगरपालिका समग्र विकाससंगै लक्षित कार्यक्रमहरुमा पनि केन्द्रित रहेको कुरा उल्लेख गर्नुभयो । साथै उहाँले झुटको खेती नगरी बोल्ने भन्दा पनि काम गरेर देखाउने मनसायको विकासमा नगरपालिका हिँडिरहेको बताउनुभयो । कार्यक्रममा बेलौरी नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, पत्रकार एवं महिला स्वास्थ्य स्वयं सेविकाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
No comments:
Post a Comment