Wednesday, May 20, 2020

हर्टअट्याक हुने ८ कारण र जोगिने १५ तरिका, (डा. भगवान कोइरालाको टिप्स) शेयर गरि आफन्तसम्म पुरयाउनुहोला ।

हर्टअट्याक (हृदयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने ।

यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ । यस्ता लक्ष्यण देखीएमा तुरुन्तै अस्पताल जानुपर्छ । तल उल्लेखित कुनैपनि कारण तपाईसंग मिल्दोजुल्दो छ भने तपाई हर्टअट्याकको जोखिममा हुनुहुन्छ।

हर्टअट्याक हुने ८ कारण :

उच्च कोलेस्टेरोल

उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ । रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्टअट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ । युवा अवस्थामा देखिने हर्टअट्याकको प्रमुख कारणमा उच्च कोलेस्टेराल र ध्रुम्रपान मानिन्छ।

धुम्रपान

धुम्रपानले हर्टअट्याकको सम्भावना २ देखि ४ गुणा बढाउछ । जति धेरै पटक धुम्रपान गर्यो त्यति नै हर्टअट्याकको सम्भावना बढ्दै जान्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्टेरोल भएका व्यक्तिलाई धुम्रपान अत्यन्तै खतरा मानिन्छ।

उच्च रक्तचाप

उच्च रक्तचाप भएको व्यक्तिमा हर्टअट्याकको सम्भावना २ गुणा बढि हुन्छ।

मधुमेह

मधुमेह भएका व्यक्तिमा हर्टअट्याकको सम्भावना २ देखि ३ गुणा बढी हुन्छ । लामो समयदेखी मधुमेह छ भने हर्टअट्याकको सम्भावना झन् बढी हुन्छ । मधुमेह भएका मानिसले रक्तचाप र कोलेस्टेरोल नियन्त्रण नगरे हर्टअट्याक हुने सम्भावना धेरै हुन्छ।

मोटोपना

मोटोपना र पेट ठुलो भएका मानिसमा हर्टअट्याकको सम्भावना हुन्छ।

वंशाणुगत

परिवारमा कसैलाई हर्टअट्याक (पुरुषलाई ४५ र महिलालाई ५५ वर्षभित्र) भएको छ भने अन्य सदस्यलाई पनि हर्टअट्याक हुने सम्भावना हुन्छ।

अत्याधिक मदिरा सेवन

नियमित अत्याधिक मदिरा सेवन गर्ने र एकैपटक धेरै मदिरा सेवन गर्ने मानिसलाई पनि हर्टअट्याकको सम्भवना हुन्छ।

मानसिक तनाव

मानसिक तनाव वा डिप्रसन भएका मानिसलाई पनि हर्टअट्याकको सम्भावना हुन्छ।

हर्टअट्याकबाट जोगिने १५ तरिका

१. शरीरको तौल नियन्त्रण गर्ने ।

२. सामान्यता अत्यधिक नूनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने भएकाले खराब मानिन्छ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । तर अत्यधिक चिनीको उपभोग तथा खराब किसिमका वा ग्लाईसिमिक इन्डेक्स धेरै भएको अवस्थामा कार्बोहाइड्रेटको पनि नियन्त्रण गर्नुपर्छ।

३. स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटको सट्टा मोनो अनस्याचुरेटेड फ्याटको प्रयोग गर्ने । ओलिभ आयललाई सलादसँग नियमित रुपमा उपयोग गर्ने मेडिटेरीयन क्षेत्रका बासिन्दामा हृदयाघात तथा मुटुका अन्य समस्या कम पाईन्छ । गुणस्तरीय एक्स्ट्रा भर्जिन ओलिभ आयलको उपयोग गरौँ।

४. खानामा माछालाई हप्तामा कम्तीमा तीनपटकसम्म सेवन गरौँ । मुटुको रोग लागिसकेका व्यक्तिले फिस आयल क्याप्सुलको नियमित सेवन गरौँ । प्राकृतिक रुपमा पाईने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन्।

५. ओलिभ ओइल ओमेगा ३ फ्याट्टी एसिडको स्रोत हो । तर प्रमुखतया भेजिटेवल आयलमा ओमेगा ६ फ्याट्टी एसिड हुन्छन् जसले शरीरमा आन्तरिक सूजनलाई बढाएर हृदयाघात तथा अन्य दीर्घरोग निम्त्याउँछन् । ओमेगा ३ ले असल कोलेस्ट्ररोल एचडीएल कोलेस्टेरोलको मात्रा बढाउछन् । तसर्थ ओमेगा ३ फ्याट्टी एसिडयुक्त खानाको नियमित सेवन गरौँ र ओमेगा ६ को मात्रा नियन्त्रण गरौँ।

६. तनाव नियन्त्रण गरौं । किनभने तनावले आन्तरिक सूजनलाई बढाईदिन्छ । नियमित ध्यान गर्ने मान्छेको आयु लम्विने कुरा विज्ञानले पनि पुष्टि गरेको छ।

७. भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सि, भिटामिन ई आदिको उपभोग गर्ने । साथै कोइन्जाइमक्यू १०, सेलेनियम आदिले पनि हृदयाघातबाट रोकथाम गर्छ।

८. दैनिक आधा घण्टादेखि पैतालिस मिनेटसम्म हल्का ब्यायाम गर्ने । हल्का व्यायामले असल कोलेस्टेरोललाई बढाउँछ तथा इन्सुलिन सेन्सिटिभिटीलाई वढाउँछ । यस्तै, टाईप २ डाईबिटिजलाई नियन्त्रण गर्छ र मानसिक स्वास्थ पनि राम्रो हुन्छ।

९. महिलाले दिनमा एक डिं«क रेड वाईन र पुरुषले दुई ड्रिंकसम्म उपभोग गर्दा एचडिएल बढ्छ र रगत पनि पातलो भई हृदयाघातको समस्या कम गराउँछ । तर जथाभावी रुपमा रक्सी पिउँदा उच्च रक्तचापको समस्या तथा डाईलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या निम्त्याउन सक्छन् । तसर्थ वाइन कम सेवन गर्दा फाईदा हुन्छ भने अत्यधिक सेवनले धेरै हानी पु¥याउँछ।

१०. गाढा हरियो सागसब्जी , ब्रोकाउली , फर्सी, राज्मा, गेडागुडी, सोया, तोफुवलगायतका सबै प्रकारका फलफूल दैनिक कम्तीमा तीन–चारपटक खानुपर्छ । खानामा फाईवरको मात्रालाई बढाउनुपर्छ, यसले कोलेस्टेरोल नियन्त्रण गर्छ।

११. काचो वा हल्का तेलमा भुटेर २ ३ केस्रा लसुनको प्रयोगले ट्राइग्लिसराइड नियन्त्रण गर्छ । यदि पहिले नै रगत पातलो बनाउने औषधिको उपभोग गर्नुहुन्छ भने चिकित्सकसँग परामर्श लिनुहोस् किनभने लसुनले रगतलाई पातलो बनाउँछ।

१२. कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण गर्ने तथा खानामा प्रोटिन र मिनरलयुक्त गाढा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउँने ।

१३. यदि उच्च रक्तचाप तथा मधुमेहको रोगी हुनुहुन्छ भने बेला बेलामा चिकित्सककहाँ गएर सल्लाह, सुझाव लिने गरौँ।

१४. शाकाहारी आहार मात्र सेवन गर्नेमा हृदयाघातको समस्या कम हुन्छ।

१५. शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिस्काघातको समस्या बढ्छ । यो समस्या यात जन्मजात रुपमा देखिन्छ या भिटामिन बि ६ तथा भिटामिन बि १२ को कमीमा देखिन्छ । तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ। – स्वास्थ्य खबर

हृदयाघातबाट बच्न डा. भगवान कोइरालाको टिप्स

नियन्त्रणमा नभएका चिजहरू जस्तै उमेर, लिंग र वंशानुगत कारणले हुने समस्यालाई रोक्न सकिँदैन । तर हाम्रो आफ्नै कारणले निम्त्याइएको जोखिम भने नियन्त्रणमा ल्याउन सकिन्छ । समस्यालाई न्युनिकरण गर्न सकिन्छ ।

अधिकांश हृदयाघात अस्वस्थकर खानपिन र विलासी जीवनशैलीका कारण हुने भएकाले यसलाई हामी आफैँले नियन्त्रणमा ल्याउन सक्छौँ । तर, पनि हामी समयमा ख्याल गर्दैनौँ ।

रोग लागेर ढलिसकेपछि नियन्त्रण गर्छु भन्दा धेरै ढिला भैसकेको हुन्छ । त्यसकारण हृदयाघातबाट जोगिन मानिसले आफ्नो दैनिकी तथा खानपिनमा नै सुधार ल्याउनु पर्छ ।

सबैभन्दा प्रमुख कुरा मानिसले आफूलाई भएका उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपन जस्ता कुरालाई नियन्त्रणमा राख्नुपर्छ । यसको सबैभन्दा उत्तम उपाय भनेको नै व्यायाम हो । व्यायामको एउटा बाणले हृदयाघात गराउने पाँच वटा प्रमुख कारकलाई नियन्त्रण गर्न सकिन्छ ।

हृदयघातबाट बच्न हामीले मुटुलाई स्वस्थ राख्ने उपायहरू जस्तै धूमपान तथा सुर्ती सेवन नगर्ने, अत्याधिक मद्यपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने र मानसिक तनावबाट मुक्त हुने गर्नुपर्छ । प्रशस्तमात्रामा हरियो तरकारी र फलफूल खाने गरेमा तथा दैनिक छिटोछिटो दौडिने र व्यायाम गर्ने बानीले हृदयाघातको जोखिम कम्तीमा ८० प्रतिशत घटाउन सकिन्छ ।

समाज तथा राष्ट्रका तर्फबाट पनि नियन्त्रणका कार्य अगाडि बढाउँनु पर्छ । व्यक्तिले आफ्नो जीवनशैली तथा खानपानमा सुधार ल्याउँदा ल्याँउदै पनि अन्य सामाजिक कारणले पनि हृदयरोग निम्तन सक्छ । प्रदुषण नियन्त्रण गर्ने काम व्यक्ति एउटाको प्रयासले मात्र सम्भव हुन्न ।

दमले पनि हृदयाघात हुन्छ भन्ने प्रमाणित भैसकेको छ । त्यसकारण दम गराउने कारकहरू प्रदुषण, धुलो, धुँवा नियन्त्रणका लागि सरकारले प्रदुषण नियन्त्रणका कार्यक्रम ल्याउँनुपर्छ । ग्रामीण भेगमा धुँवारहित चुलोको बिस्तार गर्न सरकार तथा समुदायले पहल अगाडि बढाउँनु पर्छ ।

अर्को कुरा अहिले बजारमा बढ्दै गएको जंकफुड नियन्त्रणका लागि पनि सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ । जंकफुड मुटुरोगको अर्को कारण हो । यसलाई कसरी निरुत्साहित र नियन्त्रणमा ल्याउने भन्ने कानुन बनाउन आवश्यक छ ।

पश्चिमा देशको जीवनशैली नक्कल गर्ने क्रममा अहिले युवामा हृदयाघातको जोखिम तीव्र रुपमा बढेको छ । ४० वर्षभन्दा कम उमेरका युवामा हृदयाघात भएकामध्ये ९८ प्रतिशत लामो समयदेखि धूमपानको लतमा परेको पाइन्छ । हृदयाघातको उपचारका क्रममा सबैभन्दा कम उमेर २१ वर्षकी युवतीको उपचार गरेको छु ।

ती युवतीलाई जीवनशैलीका कारणले भन्दा पनि मुटुको नली सुन्निने समस्याका कारण हृदयाघात भएको थियो । हृदयाघात वंशाणुगत तथा मुटुका अन्य संक्रमणका कारण पनि हुन्छ । यस्तो समस्या निराकणका लागि समय–समयमा स्वास्थ्य परीक्षण गराइरहनु पर्छ ।

हृदयाघात भैसकेपछि समयमा नै अस्पतालमा पु¥याउँन सके धेरैको ज्यान जोगाउन सकिन्छ । हृदयाघात नै भएर ढलेका बिरामीको उपचार भनेको बन्द भएको मुटुको रक्तप्रवाहलाई खुलाउनु हो । बन्द रक्तप्रवाहलाई जतिसक्दो चाँडो खुलाउन सक्यो त्यति धेरै बिरामीको बाँच्ने सम्भावना हुन्छ ।

बन्द भएको मुटुलाई चिकित्सकले २ तरिकाले खोल्न सक्छन् । पहिलो उपाय भनेको औषधि दिएर र दोस्रो भनेको एन्जियोप्लाष्टि गरेर हो । हृदयाघात भैसकेपछि ज्यान जोगाएका बिरामीले जीवनशैली र खानपिनको बारेमा ध्यान दिनुका साथै नियमित औषधि पनि सेवन गर्नुपर्छ । यसका साथै बिरामीले चिकित्सकको निगरानीमा पनि रहिरहनुपर्छ । – स्वास्थ्य खबर


No comments:

Post a Comment