Wednesday, May 20, 2020

पश्चिमी नाका क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धार

-विकाश सिंह महता
कञ्चनपुर, ७ जेठ २०७७ बुधबार
लकडाउनका कारण कामकाज बन्द भएपछि भारतका विभिन्न ठाउँबाट आई पश्चिमी सिमानाकामा अलपत्र परेका नेपालीहरुको भीमदत्त नगरपालिकाको सहयोगमा मंगलबार उद्धार गरिएको छ।
उनीहरूलाई पश्चिमी नाका महाकाली पारी रहेको महाकाली नगरपालिका भएर मंगलबार राती ८:३० देखि १२ बजे सम्म भीमदत्त नगरपालिका वडा न. १३ झोलुङ्गे पुलको बाटो भएर नेपाल प्रवेश गराईएको हो ।
भारत सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनबाट प्रभावित भइ उनीहरू नेपाल फर्केका थिए । भारतमा रोजगारी गर्ने नेपालीहरु खुला सिमानाका कारण दोधारा चाँदनी(माहाकाली न.पा)को बाटाे भएर स्वदेश फर्किएका हुन।
नेपाल प्रवेश पछि उनीहरुलाई माहाकाली नगरपालिकाको क्वारेन्टाइनमा एक साता राखीएको थियोे । स्वास्थ्य परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि विभिन्न जिल्लाका अलपत्र २ महिला र १ सय ९३ पुरुष गरि जम्मा १ सय ९५ जना प्रवासी नेपाली नागरिकहरुलाई भीमदत्त नगरपालिकाले टिप्पर पठाइ उद्वार कार्य गरेको हो ।
आएकाहरुमध्ये बढी जसो सुदुरपश्चिम् प्रदेश बाहिरका रहेका छन। जसमा मुगुका ४४,कालिकोटका २२, दैलेखका १८ र सप्तरीको १ जना रहेका छन । अन्यको तथ्यांक आउन बाकी रहेको छ । अहिलेसम्म २ सयको हाराहारीमा उद्धार गरीएकाहरुलाई भीमदत्त नगरपालिकाको बैजनाथ मा.वि.को क्वारेन्टाइनमा राखिएका छ । उनीहरुलाई आज बुधबार सम्बन्धित स्थानीय तहसंग समन्वय गरि पठाईने भीमदत्त नगरपालिका वडा न.१३ युवा क्लबका अध्यक्ष महेश भट्टले जानकारी दिएका छन् ।

उनका अनुसार अहिलेसम्म भित्रिनेहरुमा दुई महिला र अन्य पुरुषहरु रहेका छन । साथै हरिद्वारबाट २१ दिन पैदल हिडेर सिमानाकामा पुगेका सप्तरीका इन्द्र बहादुर मगर समेत त्यस समुहमा रहेका छ्न ।
उद्धार कार्यमा सहयोग समन्वयका लागी भिमदत्त नगरपालिका, कुमार श्रेष्ठ निर्माण सेवा,नेपाल प्रहरी ,मझगाउँ पोष्टका सशस्त्र प्रहरी, झोलुङ्गे प्रहरी चौकी , गैसस कञ्चनपुरका सचिव लगायतको अतुलनीय सहयोग साथै सहजीकरण रहेको अध्यक्ष भट्टले बताएका छन् ।
प्रवासी नेपालीलाई भारतमा पहिलेको भन्दा बढि हेप्ने, तर्साउने जस्ता व्यवहार भईरहेको उद्धार गरीएका नेपालीहरुले बताएका छ्न । मातृभूमी फर्किन पाएकोमा अत्यन्त हर्षीत भएको उनीहरूले व्यक्त गरेका छन ।

No comments:

Post a Comment