कञ्चनपुर, १६ जेठ ।
कञ्चनपुरका दलित अगुवाहरुले रुकुम हत्याकाण्डको चर्को भर्त्सना गरेका छ्न । उनीहरुले जातीय विभेदकै कारण रुकुमको चौरहजारीमा दलित युवाहरूको हत्या भएको र एक्काइसौं शताब्दीको आधुनिक विश्वमा जातीय विभेदकै कारण दलितको बर्बरतापूर्वक हत्या हुनु विडम्बना भएको जनाएका छ्न । दलितवर्ग माथी भएको नृशंस आततायी कृयाकलापले गणतन्त्रको मूल्य र मर्मको धज्जी उडेको सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका छ्न ।फिल्मकर्मी जिबि आग्रीले "ज्यानमारा उम्किने देशमा कसरी गणतन्त्रको शुभकामना दिउँ" भन्दै आफ्नो आक्रोश पोखेका छ्न ।
त्यसैगरी नेकपा कञ्चनपुरका जिल्ला सदस्य भारमल सुनारले एक्काईसौ शताब्दीको गणतान्त्रिक सरकार दलित हितमा नभएको भन्दै दलितहरुले वर्तमान सरकारलाई अपनत्वको अनुभूति गर्न कहिले पाउँछ भन्दै प्रश्न गरेका छ्न ।
दलित मुक्ति समाज कञ्चनपुरका अध्यक्ष विनोद नेपालीले वर्षौको गाली र अपमानबाट आफुहरु थाकेको बताएका छ्न ।
जाजरकोट जिल्लाको भेरी नगरपालिकाका वडा नं. २१ बर्षीय मृतक नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी एक १७ बर्षीय युवतीलाई भगाएर ल्याउन १९ जनाको समूह लिएर पुगेपछि काण्ड भएको थियो । गाउँलेले लखेटेपछि ज्यान जोगाउनका लागि भेरीमा हाम फालेका विकसहित चार जनाको शव फेला परिसकेको छ ।
जाजरकोटको भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार फेला परेको थियो । भेरी नगरपालिका–४ का नवराज विक, रुकुम पश्चिमका चौरजहारी नगरपालिका–१ टीकाराम नेपालीको आइतवार विहान र भेरी ४ का गणेश बुढामगरको सोमबार शव फेला परेको थियो ।
वेपत्ता रहेका भेरी नगरपालिकाका वडा नं. ४ का १७ बर्षीय गोविन्द शाही र सोहि वडाकै १८ वर्षीय सञ्जु विकको खोजी भइरहेको छ ।
No comments:
Post a Comment