काठमाडौ,जेठ १६ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान संशोधन प्रक्रियाबाट पछि नहट्न सुझाव दिएका छन्।
नेपाली कांग्रेसका जुझारु नेताद्वय एनपी साउद र चन्द्र भण्डारी बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर संविधान संशोधनबाट कुनै पनि बहानामा पछि नहट्न सुझाव दिदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
प्रधानमन्त्रीसँगको भेटमा उनीहरुले संविधान संशोधनको बिषयमा कांग्रेस एक ढिक्का भएर संसदमा पेश हुने प्रतिबद्धतासमेत जनाएको साउदका सहयोगी दिपक जोशीले जानकारी दिए।
भेटमा नेताहरुले विदेशबाट आउने युवाहरुको ब्यवस्थापन,कोरोनाबाट जनतालाई बचाउने प्रभावकारी कदम चाल्न पनि ध्यानाकर्षण गराएका थिए।
नेता साउदले सुदूरपश्चिम प्रदेशमा भारतबाट भित्रिएका नेपाली नागरिकहरुको ब्यवस्थापनमा प्रदेश सरकार निकम्मा साबित भएको भन्दै तदारुकताका साथ पहल गरिदिन आग्रह गरे। क्वारेन्टाइनमा १४/१५ दिन बस्दासमेत स्वाब टेस्ट नभएको र क्वारेन्टाइनको ब्यबस्थापनसमेत राम्रो नहुँदा मान्छेहरु भाग्ने स्थिति आएको भन्दै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
दुबै नेताले रुकुम घटनाका दोषीलाई कारबाही गर्नसमेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
नेता साउदले पनि बालुवाटारमा प्रधानमन्त्रीसँग भएको भेटमा बजेट, सुदूरपश्चिमलगायतका अन्य स्थानहरुमा कोरोना र प्रवासबाट भित्रिने नेपाली नागरिकको समस्या, सीमा तथा देशको समसामयिक वस्तुस्थितिका बारेमा छलफलका भएको जानकारी दिएका छन्।
दुबै नेताले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि भेट गरेर माथिका समस्याबारे ध्यानाकर्षण गराएका थिए।
No comments:
Post a Comment