Wednesday, May 20, 2020

कोरोना अपडेट: नेपालमा कोरोना संक्रमित ४२७ पुग्यो, मृतक संख्या २

काठमाडौं, जेठ ७ ।
बाँकेमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।
नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
त्यस्तै नवलपरासीमा पनि एक जना कोरोना संक्रमित थपिएका छन् ।
बुधबार विहान कपिलवस्तुमा १३ जना र मंगलबार बेलुका धनकुटामा ५ जना कोरोना संक्रमित भेटिएका थिए ।
यो सँगै नेपालमा  कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । र मृतक संख्या २ रहेको छ ।
यसैविच आज कोरोना संक्रमित ४१ बर्षिय व्यक्तिको मृत्यु भएको र मृतक संख्या ३ पुगेको समाचार आएकोमा सो व्यहोरा झुठो भएको जनाईएको छ । कृमसन अस्पतालले एक प्रेस नोट जारी गर्दै मृत भनिएका व्यक्तिको उपचार भईरहेको जनाएको छ ।

No comments:

Post a Comment