Wednesday, May 20, 2020

पुनर्वास नगरपालिकाको निर्णय : भारतमा अलपत्र परेकालाई नेपाल प्रवेश दिईने, प्रत्येक वडामा क्वारेन्टाइन

कञ्चनपुर, ७ जेठ ।
पुनर्वास नगरपालिकाले भारतमा अलपत्र परेका नगरवासीहरुलाई नगर प्रवेश गराउने निर्णय गरेको छ । पुनर्वास नगरपालिकाको बुधबार बसेको विशेष बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख जीवनराज थापाको अध्यक्षतामा बैठक बसि भारतमा जारी लकडाउनका कारण रोजगारी गुमाइ नेपाल फर्कदै गर्दा सिमामा अलपत्र परेका नगरवासीलाई प्रवेश दिनुका साथै नेपाल भित्र्याइसके पछि स्वास्थ चेकजाँच लगायतका बारेमा व्यवस्थापन गर्नका लागि सुदुरपश्चिम प्रदेश सरकार र संघीय सरकारसङ्ग तुरुन्तै आवश्यक पहल गर्ने, पुनर्वास नगरपालिकाका एघारै वडामा एक एक वटा क्वारेन्टाइन निर्माण गर्ने, १० जनासम्म भए छिमेकी वडामा व्यवस्थापन गर्ने र त्यो भन्दा बढी भए आफ्नै वडाको क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ । र प्रत्येक वडाका क्वारेन्टाइन सोही वडाले व्यवस्थापन गर्नुपर्ने समेत आजको बैठकले निर्णय गरेको छ । क्वारेन्टाइन निर्माणका लागि निम्न वडाका निम्न विद्यालयहरुलाई छनौट गरिएको छ ।
वडानम्बर १) श्री मालिका आधारभुत विद्यालय - महेन्द्रबस्ती
वडानम्बर २) श्री सरस्वती माध्यमिक विद्यालय - मोतिबस्ती
वडानम्बर ३) श्री जनकल्याण माध्यमिक विद्यालय - आई.बि.आर.डी.
वडानम्बर४) श्री दुर्गा माध्यमिक विद्यालय - जनकबस्ती
वडानम्बर ५) श्री चन्द्रवाल आधारभुत विद्यालय - सिमरी
वडानम्बर ६) श्री जिवनज्योती माध्यमिक विद्यालय - "ङ" गाउँ
वडानम्बर ७) श्री बालबागिश्वरी माध्यमिक विद्यालय - बुद्धवस्ती
वडानम्बर ८) श्री बागिश्वरी माध्यमिक विद्यालय - पृथ्वीवस्ती
वडानम्बर ९) श्री राष्ट्रिय माध्यमिक विद्यालय-बिचफाटा
वडानम्बर१०) श्री विजय माध्यमिक विद्यालय - भिमवस्ती
वडानम्बर ११) श्री राष्ट्रिय माध्यमिक विद्यालय - अमरवस्ती
त्यसैगरि वैकल्पिक क्वारेन्टाइनका लागि जीवनशक्ति आधारभुत विद्यालय - सितावस्तीलाई प्रयोगमा ल्याइने भएको छ ।

No comments:

Post a Comment