Wednesday, May 20, 2020

भारतको पलियामा पुनर्वासका बीस जना नेपाली उद्धारको पर्खाइमा

कञ्चनपुर, ७ जेठ ।
भारतमा जारी लकडाउनका कारण रोजगारी गुमेपछी विपत्तिमा परेर स्वदेश फर्केका बीस जना पुनर्वासी कैलालीको सिमावर्ती बजार पलियामा उद्धारको पर्खाईमा बसीरहेका छ्न । उनीहरु सहित सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका करीब ३०० नेपाली त्यहाँ रहेका छ्न । अहिले उनीहरु पलियास्थित सिंह प्यालेसमा बसीरहेका छन भने खानेबस्ने उपयुक्त व्यवस्था समेत नभएको बताईएको छ । उनीहरू भोकप्यास सहेर नेपाल सरकारको उद्धारको पर्खाइमा बसीरहेको हाम्रा संवाददाता निसान सिंहले बताएका छन ।
उद्धारका सम्बन्धमा नगरपालिकाले पहल गरीरहेको पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले बताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीसंग कुरा गरेर बेलुकी सम्ममा ती व्यक्तिहरुलाई उद्धार गरीने जानकारी गराउनुभयो ।

No comments:

Post a Comment