कञ्चनपुर, ७ जेठ ।
पुनर्वास नगरपालिका ८ स्थित बागीश्वरी मा.वि.को क्वारेन्टाइनमा पाँच जना थपीएका छ्न । मंगलबार थपिएका व्यक्तिहरुमा एक महिला र चार पुरुष छन । यस अघि नै तेईस जना व्यक्तिहरु बसीरहेकोमा हाल कुल संख्या अट्ठाईस पुगेको पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले बताउनु भयो ।
हिजो थपिएका व्यक्तिहरु भारत रुद्रपुरबाट पैदल यात्रा गरि सिमावर्ती महाकाली नगरपालिकाको क्वारेन्टाइनमा चार दिन विताएर आएका व्यक्तिहरु भएको जानकारी प्राप्त भएको छ ।
मंगलबार उद्दार गरि ल्याइएका व्यक्तिहरुलाई बुधबार रयापिड टेस्ट गरीने पुनर्वासका नगरउपप्रमुख शारदा बिष्टले हाम्रै साझा पत्रिकालाई
जानकारी गराउनुभयो ।
No comments:
Post a Comment