धनगढी, ९ जेठ।
भारतमा जारी लकडाउनका कारण अलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट शुक्रबार पनी उद्दार जारी राखिएको छ। कोरोना भाईरसको प्रभावले भारतमा जारी लकडाउनपछि रोजगारी गुमाएका नेपालीहरु सीमा क्षेत्रमा अलपत्र पर्न थालेपछि उद्धार सुरु गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिउसो २ बजे सम्म ६ सय भन्दा बढि नेपालीको उद्धार भईसकेको बताए। उनले अहिले पनि उद्धारको कार्य जारी रहेको बताउँदै उनीहरुलाई सम्बन्धित पालिकामा पठाउने तयारी समेत भईरहेको बताए।
आज पनि परीक्षण बिना नै उनीहरुलाई भित्र्याउन थालिएको हो। प्रदेश सरकारले र्यापिड किटको अभाव भएको बताउँदै आएको छ।
यसअघि बुधबार गौरीफन्टा नाकाबाट ८ सय ५८ र बिहिवार दुई हजार चार सय ९८ मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको थियो। बुधबार कसैको पनि परीक्षण भएको थिएन भने बिहिवार ६ सय जनाको मात्रै र्यापिड टेस्ट भएको थियो।
दिनेश खबरबाट ।
No comments:
Post a Comment