प्रिय अध्यक्ष कमरेड अभिवादन !
तपाईंले जनयुद्ध सुरु गर्दा सबैभन्दा उपयुक्त भुमि ठानेको पश्चिम रुकुम र जाजरकोटमा नवराज बि.क. ले अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा नवराज लगायतका ६ जनाको बर्बरतापुर्वक, निर्मम, पासविक तथा निन्दनीय जातीयताकै आधारमा नरसंहार भएको ७ दिन भैसकेको छ । कमरेड मुलुकमा विभिन्न खाले जातीय विभेद, असमानता र राज्य व्यवस्था संचालनमा आमूल परिवर्तन गरि समावेशी, समानुपातिक प्रणालीअनुसार समान सहभागिताका आधारमा राज्य संचालन गरि समाजवाद स्थापना गर्ने, ब्राह्मणवादी चिन्तनले ग्रस्त पिछडिएको हाम्रो समाज र सामन्तवादी संस्कारको जगमा उभिएको राजदरवारको अन्त्य गरि मुलुकमा नयाँ संविधान सहित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरि विकसित मुलुकका रूपमा नेपालको पहिचान गराउने मुख्य अभिभारा सहित १० वर्ष जनयुद्ध गर्दा त्यतिबेला जनताको अगाडी गरेका वाचा र राजनीतिक एजेन्डा मानेेर १७ हजार नेपाली जनताको रगतबाट वर्तमान राज्यव्यवस्था स्थापना भएको छ कमरेड, आज हजारौं हजार मान्छे बेपत्ता छ्न, अङ्गभङ्ग भएका छ्न, कलिला उमेरका दिदिबहिनी हरु बिधुवा भएका छ्न, घरवारविहीन भएका छ्न, राज्यको खर्बौ खरबका भौतिक संरचनाहरुको क्षति भएको छ र जसको परिणामस्वरूप आज मुलुकमा गणतन्त्र स्थापना भएको छ, हिजो परिवर्तनका लागि युद्धको घोषणा गर्दा रगतपसिनाले सिञ्चित भुमि आज जातीयताका नाममा ६-६ जना को निर्ममतापुर्वक, पासविक हत्या भएको छ कमरेड, त्यतातिर तपाईंको ध्यान अहिलेसम्म किन पुगेको छैन ? हिजो सामन्तवादको मुलजड दरवार हो भनेर भनिरहदा हामीले १० बर्ष जनयुद्ध गर्यौं, २०६२/०६३ मा जनआन्दोलन गर्यौं र राजा ज्ञानेन्द्र शाहलाई राज्यको शक्तिबाट निकालेर फालिदियौ । तर आज त्यो बर्बरतापुर्ण घटेको जातीय घटनाको बारेमा त्यो घटनाको जानकारी पाउनु भएको छैन कमरेड ...? कुनै बेला यो देशमा गाई मारेको घटनाले कमल थापाले सदन र सडक पुरै तताएर उत्पात मच्चाए तर आज ६-६ जना मान्छे मार्दा तपाईं किन चुपचाप हुनुहुन्छ कमरेड ?....के जनावरको जति पनि मुल्यांकन भएन दलितहरुको ? किन यो घटना मानवता विरोधी, जघन्य अपराधित र पासविक घटना हो भन्न सक्नु हुन्न तपाई ? कुनै गाडी दुर्घटनामा परि कसैले ज्यान गुमाए भने पार्टीको लेटरप्याड्मा पार्टी अध्यक्षको हैसियतले प्रेस नोट लेखिहाल्ने तपाई ...आज यत्रो घटना घट्दा किन पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नु हुन्न कमरेड ?,
के पार्टीका लेटरप्याडहरु पार्टी कार्यालयमा सिद्दिएका छन् कि जातीयताका नाममा दलितका छोराहरु मर्दा त्यो लेटरप्याड मा लेख्न मिल्दैन...? शक्तिशाली ऐतिहासिक एकीकृत पार्टीको स्थापित नेता कार्यकारी अध्यक्ष कमरेड... रुकुम र जाजरकोट मा २ जना पुर्व गृहमन्त्री जन्माउने जिल्लाको हालत यस्तो छ भने दुर दराजमा रहेका दलित समुदायको के हालत होला कमरेड ? के यसैका लागि ल्याएको हो गणतन्त्र? गणतान्त्रिक मुलुकको राज्यव्यवस्था यस्तै हुन्छ ? कि यो व्यवस्था ल्याउन दलित समुदायको रगतपसिना कम बगेको छ कमरेड ? हिसाबकिताब त गर्नुनै पर्ने भयो कमरेड । अब धैर्यताको बाँध तोड्न बाध्य नगराउनुस यो समुदायलाई । तपाई एक साहसिक विभिन्न आन्दोलनका उकाली ओराली पार गरेर जन्मेको एक आदर्श नेता हुनुहुन्छ । तपाई प्रतीको सम्मान नघटाउनुस कमरेड... तर बिडम्वनाका साथ भन्नुपर्छ, जति नै घोर भत्सर्ना गरेपनी नपुग्ने यो नरसंहारलाई तपाईंले अहिलेसम्म देख्नु भएन कमरेड...जहाँ दलित समुदायको आत्मसम्मान छैन, मानव जातिका रूपमा समाजमा बाच्न पाउदैन, मान्छे-मान्छे बीचमा यति ठुलो विभेद छ, जहाँ दलितको पशु जति पनि मुल्यांकन छैन.. जहाँ दलित समुदायका मान्छेले बनाएको सीप, कला, श्रम, पैसा, मठमन्दिर, हातहतियार, दलितका तरुनी छोरीहरुको जोवन चल्छ तर पानी चल्दैन.. मठ मन्दिरमा प्रवेश निषेध गरिन्छ... ?? के हामीले चाहेको व्यवस्था यै हो कमरेड ? हजारौं दलितका छोराछोरीहरूले रगतपसिना बगाएर ल्याएको गणतन्त्र यै हो कमरेड ? राजालाई फालेर ल्याएको शासनव्यवस्था यै हो कमरेड ? तपाईंहरुलाई शक्तिशाली पार्टी र सरकार को नेतृत्वदायी भुमिकामा पुरयाएर दलित माथी हुने व्यवहार यस्तै हुन्छ त कमरेड ? कि यसैलाई भन्छ्न समाजवाद....? कि त्यसको परिभाषा फरक हुन्छ कमरेड ? तपाईंले सिकाएको मार्क्सवादी शिक्षा र समाजवादी व्यवस्थामा सर्वहारा श्रमजीवी वर्गको अवस्था यस्तै हुन्छ र कमरेड ? आज हजारौं जनताका छोराछोरीहरुको रगतपसिनाले ल्याएको गणतन्त्र स्थापना भएको मुलुक कता जाँदै छ कमरेड ? हाम्रो नेतृत्वको कता कुन शक्तिले सञ्चालन गर्दैछ ? हिजो कम्युनिस्ट पार्टीको आधारभुत वास्तविक वर्ग दलित समुदाय नै हो, सर्वहारा, श्रमजीवी मजदुर वर्ग नै कम्युनिस्ट पार्टीको आधारभुत वर्ग हो भनी कम्युनिस्ट पार्टीको सिद्धान्त र दर्शन सिकाइ रहँदा आज तपाईं अरुलाई सिकाउने हेडमास्टरहरु किन यो वर्ग प्रती यति सारो विमुख हुनुहुन्छ ? अझै भन्ने हो भने दलित समुदाय त जन्मजात कम्युनिस्ट हो कमरेड... ! आज यति ठुलो ऐतिहासिक एकीकृत कम्युनिस्ट पार्टीको निर्माण भएको छ, करिब दुई तिहाई बहुमतको कम्युनिस्ट पार्टीको सरकार छ कमरेड तर दलितमाथि को अत्याचार हेर्दा हामीले यो सरकार र यति ठुलो कम्युनिस्ट पार्टी हाम्रो हो भन्न मिल्छ कि मिल्दैन.. कुन नैतिकताको धरातलमा उभिएर यो पार्टीको म कार्यकर्ता हुँ भनौ ? कुन अर्थमा यो सर्वहारा, श्रमजीवी वर्गको नेतृत्व गर्ने मेरो सरकार हो भनी गर्व गरौ कमरेड ? यो ऐतिहासिक पार्टी र सरकार जुन जगबाट स्थापित भएको छ यो विशाल पार्टीको निर्माण र सरकार निर्माणमा दलित समुदायको पनि त्यतिकै ठूलो भुमिका छ कमरेड ... तसर्थ कम्युनिस्ट पार्टीको आधारभुत वर्ग... शासन प्रणालीको कुरा गर्ने हो भने सबैभन्दा बढी जिम्मेवार कोहि बन्नु पर्छ भने त्यो कमरेड तपाईं नै पार्टी अध्यक्षको हैसियतले बन्नु पर्छ ! ताकी यो पार्टी हाम्रो हो र यो देशमा कम्युनिस्ट पार्टीले सरकार संचालन गरेको छ भन्ने अनुभुती गराउनुस कमरेड ! जहाँ मानव भएर बाच्न पाउनु दलित समुदायको नैसर्गिक अधिकार हो ! राज्यले दिएको कुनै आरक्षण कुनै हामीले मागेको कुनै व्यक्ति सङ्गको भिख होइन त्यो दलित समुदाय ले बगाएको रगतपसिनाको थोरै सम्मान मात्र हो कमरेड,अब आरक्षणको लागि सरकार र पार्टी सङ्ग कुनै माग हुने छैनन् । हाम्रा जो कि तपाईंले दिने र हामीले लिने ..हेक्का रहोस...यो देश कसैको बिर्ता होइन कमरेड.. हजारौं नेपालीका छोराछोरीको रगतपसिना र खुकुरीले बचाएर आजको यो व्यवस्था ल्याउन सफल भएका छौ, सबै समुदायको बराबर भुमिका र योगदान छ मुलुकमा गणतन्त्र स्थापना गर्न...गणतन्त्रमा कोहि मालिक हुँदैन र कोहि नोकर हुँदैन, सबै समान हुन्छ्न र सम्मान साथ सबै समुदायका मान्छेले बस्न र बाच्न पाउनु पर्छ ।...मालिकलाई हटाएर नेपाली जनताका छोराछोरी सत्ता संचालनमा छ्न । ती सबै हिजो यो वर्गको नाममा नेपाली जनताका छोराछोरीहरुको रगतपसिनाले निर्माण गरेको व्यवस्थामा छौ भनेर बुझ्नु राम्रो होला । कम्युनिस्ट पार्टी र स्वयं नेतृत्वलाई ? अन्यथा...गौरवपुर्ण इतिहास बोकेको सर्वहारा,श्रमजीवी, मजदुर वर्गको कम्युनिस्ट पार्टी ठुलो दुर्घटनामा पर्न सक्छ कमरेड....? यो कुरा को पनि नजरअन्दाज गरि त्यो पासविक,अमानवीय, जातीयताका आधारमा घटेको घट्नाप्रती हाम्रो विशाल पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गम्भीरतापूर्वक ध्यानाकर्षण होस र पार्टी नेतृत्वबाट पनि त्यो अमानवीय घटनाको घोर निन्दा सहित दोषी माथी नेपालको संविधान २०७२ लाई संसोधन गरि मृत्युदण्डको व्यवस्था हुने गरि कडा कार्वाही होस र कम्युनिस्ट पार्टीको सरकार यो देशमा छ भन्ने नेपाली जनताको मनमा हर्षका आँसु झार्ने गरि प्रफुल्ल पार्ने र कम्युनिस्ट पार्टीको उच्च छवि कायम राखी हाम्रो नेतृत्व र पार्टीको पक्षमा सधैं भरी यो समुदायलाई उभ्याई राख्न हार्दिक अनुरोध गर्दै दलित समुदायले बगाएको रगतपसिनाको उच्च मुल्यांकन गरि पार्टी र सरकारलाई अझै लोकप्रिय बनाउन र कानुनी राज्य स्थापित गराउन प्रिय कमरेड अध्यक्षलाई सादर अनुरोध गर्दछु !
"रक्तिम अभिवादन सहित"
क. भारमल सुनार
जिल्ला कमिटी सदस्य- कञ्चनपुर
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
मिति: १७ गते जेठ २०७७ साल !
No comments:
Post a Comment