-सुनिलकुमार लो
कञ्चनपुर, ३१ जेठ ।
संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको खुशियालीमा पुनर्वासमा दिप प्रज्ज्वलन गरिएको छ ।
शनिबारको प्रतिनिधि सभा बैठकले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
यसै खुशियालीमा पुनर्वास नगरपालिकाको कार्यालयमा दिप प्रज्ज्वलन गरिएको छ । त्यस अवसरमा पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा, उपप्रमुख शारदा विष्ट, नगरप्रवक्ता भारमल सुनार लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति थियोे ।
त्यसैगरी शनिबार बेलुकी पुनर्वासका युवाहरूले स्थानीय आईबिआरडी बजारको सहिद गेटमा भेला भई संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा दिप प्रज्ज्वलन गरेका छ्न । त्यस अवसरमा युवाहरूले नाराबाजी समेत गरेका थिए । पुनर्वासका युवाहरु हेमन्त रेग्मी, हिमेश थापा, अञ्जली केसि, रुपेश बिक, सुदिप रोकाया,सरोज बराल लगायत नगरवासीहरुको उल्लेख उपस्थिति थियोे ।
No comments:
Post a Comment