Saturday, June 13, 2020
क्वारेन्टीन बस्नेहरूको गुनासो : हामीलाई बेवास्ता गरीयो
-सुनिलकुमार लो
कञ्चनपुर, ३१ जेठ ।
कोरोना संक्रमणबाट जोगाउन निर्माण गरीएका क्वारेन्टिनमा बस्ने व्यक्तिहरुले आफुहरुलाई स्थानीय सरकारले वेवास्ता गरेको गुनासो गरेका छ्न । पुनर्वास नगरपालिका १ सरस्वती आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्ने व्यक्तिहरुले आफुहरुलाई नगरपालिकाले वेवास्ता गरेको, स्वास्थ्य चेकजाँचमा चासो नदिएको, खानपिन गुणस्तरहीन र पिउने पानी सफा नहुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएको जस्ता आरोपहरु लगाएका छ्न । आफुहरुले सर्जिकल मास्क नपाएको कारण एउटै मास्क हप्ता दिनसम्म धोएर प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाई छ । आफुहरुले गुनासो गर्दा पुनर्वास १ का वडाध्यक्ष प्रताप चन्दले हप्काउने गरेकाले आफुहरु अत्यन्त निरीह बनेको समेत उनीहरूले जिकिर गरेका छ्न ।
यस बारेमा जिज्ञासा राख्दा पुनर्वास १ का वडाध्यक्ष प्रताप चन्दले क्वारेन्टिनमा बस्नेहरूले लगाएका आरोपहरु आधारहीन भएको टिप्पणी गरेका छ्न । खाना बनाउने मान्छे बडा मुस्किलले खोजेर राखेको, भात, दाल, तरकारी बनाएर खुवाईरहेको, हरेक छाकमा फ़ेरिफेरि तरकारी बनाईरहेको र मोटर जडान गरेर नुहाउन धुन पर्याप्त पानीको बन्दोबस्त गरेको अध्यक्ष चन्दले बताए । क्वारेन्टिनमा बसेकाहरूको हालखबर र पीर मर्का बुझ्न बारम्बार गईरहेको र भोलि आइतबार र्यापिड टेस्ट गरि चौध दिन पुगेकाहरुलाई होम क्वारेन्टिनमा पठाईने वडाध्यक्ष चन्दले जानकारी दिए ।
सरस्वती आधारभूत विद्यालय, ढक्का र मालिका आधारभूत विद्यालय, महेन्द्र बस्ती गरि पुनर्वास वडानम्बर १ मा दुईवटा क्वारेन्टीनहरु रहेका छ्न । दुवै क्वारेन्टिनमा गरि ४६ जना मानिसहरु बसीरहेका छ्न ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment