-सुनिलकुमार लो
कञ्चनपुर, जेठ ३१ ।
कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पुरयाउन भन्दै पुनर्वास नगरपालिका ५ मा कोरोना भाईरस नियन्त्रण तथा रोकथाम सहयोग समिति शुक्रबार गठन गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) पुनर्वास नगर कमिटीद्वारा विहिबार बैठक बसी नगरपालिकाले सञ्चालन गरेका क्वारिन्टिनहरुको व्यवस्थापनमा सहयोग गर्न पार्टी कमिटीहरुलाई नगरका सबै वडामा परिचालन गर्ने निर्णय भएसंगै सो समिति बनेको हो ।
नगर क्षेत्र भित्र रहेका क्वारेन्टीनहरुको व्यवस्थापनमा सहयोग गर्न, अनर्गल प्रचारहरुको विरुद्ध जनचेतना फैल्याउन, नगरपालिकाले कोरोना नियन्त्रण सम्बन्धि बनाएका कार्ययोजना तथा कार्यक्रमलाई सहयोग गर्न सो समितिको निर्माण गरिएको बताईएको छ ।
"कोरोना संक्रमण विरुद्धको लडाईमा पार्टी कमिटीलाई परिचालन गर्न एघारै वडामा समिति गठन गरिने निर्णय भए अनुसार वडानम्बर ५ मा गठन गरिएको हो, हामी सबै वडामा गठन गर्छौ" पुनर्वास नगर ईञ्चार्ज स्थिर प्रसाद घिमिरेले बताए ।
यसै सिलसिलामा वडानम्बर ५ मा नेकपा वडा ईञ्चार्ज चेतराज कापडीको संयोजकत्वमा १३ जनाको
कोरोना भाईरस नियन्त्रण तथा रोकथाम सहयोग समिति गठन गरिएको छ । केहि स्थानहरु रिक्त राखिएको र पछि पूरा गर्दै लगिने बताईएको छ ।
कमिटी गठन कार्यक्रम वडा ईञ्चार्ज चेतराज कापडीको अध्यक्षता, पुनर्वास नगर इञ्चार्ज स्थिर प्रसाद घिमिरेको प्रमुख आतिथ्य, नगर सह-इन्चार्ज कन्चन गिरि, नगरअध्यक्ष पदम पुजारा, वडा अध्यक्ष वीर ब.बोगटीको आथित्य र नगर सदस्य खडक विक्रम थापा, गंगा रोकाया लगायतका व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको थियोे ।
नेकपा पुनर्वास नगर कमिटीको शुक्रबार वसेको बैठकले निम्न वडा र मितिमा वडास्तरिय कोरोना भाईरस नियन्त्रण तथा रोकथाम सहयोग समिति गठन गर्ने निर्णय गरेको छ ।
निर्णय अनुसार पुनर्वास १ मा जेठ ३१ गते विहान ८.०० वजे, पुनर्वास २ मा जेठ ३१ गते विहान ११.०० बजे, वडानम्बर ३ मा जेठ ३१ गते दिउँसो २.०० बजे, वडानम्बर ४ मा जेठ ३१ गते बेलुकी ५.०० बजे, वडानम्बर ५ मा जेठ ३० गते १ बजे, वडानम्बर ६ मा असार १ गते विहान ८ बजे, वडानम्बर ७ मा जेठ ३२ गते विहान ८ बजे, वडानम्बर ८ मा जेठ ३२ गते विहान ११ बजे, वडानम्बर ९ मा जेठ ३२ गते दिउँसो ३ बजे, वडानम्बर १० मा विहान ९ बजे र वडानम्बर ११ मा बिहान ११ बजे गठन हुने भएको छ ।
पुनर्वास नगरपालिका वडानम्बर ५ को कोरोना भाईरस नियन्त्रण तथा रोकथाम सहयोग समितिका नव गठित कमिटीका सदस्यहरुको नामावली यसप्रकार रहेको छ ।
१)संयोजक चेतराज कापडी
२)सह-संयोजक धर्मेन्द्र जेठारा
३)सदस्य सुदिप रोकाया
४)" " अनिल खाती
५)" " सुरज पाण्डे
६ )" " प्रेम थापा,
७) " " अम्बर रोकाया, ८)" " गगन बोहरा,
९) " " राम बोगटी,
१०) " " नन्दराज गिरि,
११) " " डम्बर धामी,
१२) " " राम रोकाया
१३)..............
No comments:
Post a Comment