-सुनिलकुमार लो
कञ्चनपुर, २३ जेठ ।
नेपाल कम्युनिस्ट पार्टी बेलडाँडी गाउँ कमिटी सदस्य विक्रम थापालाई कुटपिट गरीएको छ । विहिबार राती करिब ९.३० बजेतिर सोही गाउँपालिकाको वडानम्बर ३ बस्ने खगेन्द्र जेठारा नाम गरेको व्यक्तिले फोन गरि बोलाएकोमा पीडित त्यहाँ पुग्दा ५-७ जनाको समूहले सांघातिक हमला गरेका थिए ।
कुटपिट पश्चात् कलिभान बिष्ट भन्ने व्यक्तिको घरमा हातखुट्टा बाँधेर बन्धक बनाईको अवस्थामा प्रहरीले उद्घार गरेको थियोे ।
हाल पीडितको महाकाली अञ्चल अस्पताल, भीमदत्त नगरमा उपचार भईरहेको र घटनामा संलग्न व्यक्तिहरुका विरुद्ध कानूनी कार्वाहीको लागि प्रहरीलाई निवेदन दिने कार्य भईरहेको नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरका अध्यक्ष वीर बहादुर थापाले जानकारी गराए ।
यसैबीच नेकपा बेलडाँडी गाउँ कमिटीले एक प्रेस विज्ञप्ति जारी गर्दै घटना संलग्न व्यक्तिहरुको खोजी गरि कडा भन्दा कडा कानूनी कार्वाही गर्न माग गरेको छ ।
अध्यक्ष लक्ष्मण सिंह भाटद्वारा हस्ताक्षरीत सो प्रेस विज्ञप्तिमा ज्यान मार्ने उद्देश्यले कुटपिट गरि हातखुट्टा बाँधेर घरभित्र बन्धक बनाउने जस्तो गम्भीर अपराध गरेको जनाईएको छ ।
No comments:
Post a Comment