Friday, June 5, 2020

विद्यार्थी नेता विक्रम थापा माथी भएको आक्रमणको अनेरास्ववियुद्वारा भर्त्सना




-विनोद धामी 
कञ्चनपुर, २३ जेठ ।
नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरले विद्यार्थी नेता विक्रम थापामाथि
भएको सांघातिक हमलाको भर्त्सना गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणको कडा शब्दमा भर्त्सना तथा आक्रमण गर्ने समुहमाथि कार्वाहीको माग अघि सारेको हो ।
अनेरास्ववियू कञ्चनपुरका जिल्ला कमिटी सदस्य हिमेश थापाले विद्यार्थी नेता थापामाथि हत्या गर्ने मनसायले केही कांग्रेस कार्यकर्ताले रातीको समयमा बोलाएर हमला गरेको बताए ।
अनेरास्ववियू कञ्चनपुरले जारी गरेको प्रेस विज्ञप्तीमा नेता थापालाई कायरतापुर्वक बेलडाँडी गाउँपालिका ३ खैरीघाट बस्ने खगेन्द्र जेठाराले ५/७ जना मिलेर कुटपिट गरेको प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोही स्थान बस्ने कालिभान विष्टको घरमा बोलाई बन्धक बनाई हातखुट्टा बाँधी मरणासन्न हुने गरि कुटपिट गर्नु आफैमा निन्दनिय घटना भएको संगठनको ठहर छ । अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष बिरेन्द्र विष्टद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको भर्त्सना गर्दै संलग्न अराजक समुहको खोजतलासी गरि कार्वाहीको माग गरीएको छ । बेलडाँडी गाउँपालिका ३ खैरिघाट क्षेत्रका काँग्रेस कार्यकर्ता खगेन्द्र जेठाराको समुहले निर्दयी तरिकाले कुटपिट गरेको यस अघि नै नेकपा बेलडाँडीले जनाएको थियो ।
दिउँसो खैरीघाटमा स्तरोन्नती हुने सडकको उपभोक्ता समिति गठनको विषयमा काँग्रेस स्थानीय कार्यकर्ता जेठाराले केही सरसल्लाह गर्नुपर्छ भन्दै घरमा सुतेका थापालाई बोलाएर निर्दयी र क्रुर तरिकाले कुटपिट गरेको नेकपा बेलडाँडीले जनाएको थियो ।
नेकपा बेलडाँडीका अध्यक्ष लक्ष्मण सिह भाटले हस्ताक्षर गरेको विज्ञप्तीमा बन्धक बनाई राखेका थापालाई ईप्रका बेलडाँडीको टोलीले उद्दार गरेको जनाईएको छ । नेकपाले कानुन बमोजिम दोषि उपर कार्वाहीको माग अघि सारेको छ ।
घाईते विक्रम थापाले आफुमथि काँग्रेस कार्यकर्ता खगेन्द्र जेठारा, अशोक विष्ट लगायतका ७ जनाले बाँधेर कुटपिट गरेको बताएका छन् ।
उनको महकाली अस्पतालमा उपचार हुन नसकेपछि अस्पतालले अन्तै रिफर गरेको छ ।
उता कुटपिट गर्ने समुहका व्यक्तिहरुले विक्रमको हात बाँधेको तर कुटपिट नगरेको दाबि गरेका छन् । आफु काँग्रेस कार्यकर्ता पनि नभएको बताउदै खगेन्द्र जेठाराले साथी अशोक विष्टलाई विक्रमले नानाथरी गाली गलौच गरेकाले घरमै गाउँका भलाद्मी लिएर घटना बारे बुझ्न गएका बेला विक्रम भाग्न लागेकाले हात बाँधेको बताएका छ्न । ‘हामीले विक्रमलाई कुटपिट गरेका छैनौँँ, ‘उनले भने, ‘हात मात्रै बाँधेर लगेका हौँ ।’ खगेन्द्र जेठाराले बताए ।
घाईते थापालाई अन्यन्त्र अस्पतालमा लैजाने तयारी भईरहेको छ । नेपाली काँग्रेस बेलडाँडीका सभापति हर्कदेव जोशीले घटना दुखद भएको बताए ।
उनले नहुनुपर्ने घटना भएको र दुवै पक्ष बसेर छ्लफल गरि समाधान खोज्नुपर्ने जिकिर गरे ।
प्रहरीले घटनाको छानबिन भईरहेको जनाएको छ ।

No comments:

Post a Comment