Sunday, June 14, 2020
शेखर कोइरालाको नेतृत्वले नै नेपाली कांग्रेसको भविष्य निर्धारण गर्न सक्छ : दिनेश शर्मा, नेविसंघ TU उपसभापति
युवा जतिकै जोस र पाका जतिकै होस भएको नेता डा शेखर कोइरालाको आवश्यक छ । पार्टीभित्र अहिले शीर्ष पंक्तिमा देखिएका नेताहरुमा राम्रो विकल्पको रुपमा डा शेखर कोइराला देखिएका छन ।
विश्व अहिले कोरोनाको महामारीले आक्रान्त भएको अवस्था छ,यसबाट हामी पनि अछुतो छैनौ।
न्युजील्यान्डले आफ्नो देशलाई कोरोना फ्री घोषणा गरिसकेको छ।बिश्वको थुप्रै देशहरुमा कहि लकडाउन खुकुलो पारिएको छ त कहि पुर्ण रुपले खोलिएको छ।हाम्रो देशमा पनि लकडाउन बिस्तारै खुकुलो हुँदै गएको छ।त्यसैले अब रोकिएको महाधिवेशनको प्रक्रिया फेरि सुरु गर्नुपर्छ।
चुनावमा पार्टीको हार पश्चात् युवा नेताहरूले मोर्चा नै बनाएर अर्लि महाधिवेशनको कुरा उठाएका थिए,त्यो भएन।त्यसपछि नियमित समयमै महाधिवेशनको कुरा उठयो त्यो पनि भएन।अब लकडाउनलाई बहाना भाएर तोकिएको मितिमा महाधिवेशन नगरी फेरि संविधानले दिएको अधिकार भनी ६ महिना थप्ने काम नहोस।
यदि वास्तवमा लकडाउनले गर्दा अधिबेशन गर्न असजिलो हुन्छ भने अहिले प्रबिधिको युगमा थुप्रै उपायहरू छन त्यसलाई अपनाउनु पर्छ।
अब अधिबेशन गर्ने प्रक्रियामा सुधार गर्नुपर्छ। नेतृत्व चयन गर्ने प्रक्रियालाई पहिला सम्पन्न गरेर त्यही कार्यसमितिबाट अधिबेशन सकिएको २ महिना भित्र महासमितिको बैठक बोलाएर बिधानको बिषयमा छलफल गर्नुपर्छ।किनभने अहिलेको प्रक्रियामा नेतृत्व चयन गर्ने होडबाजीले गर्दा नीतिमा कसैले ध्यान दिदैन र पछि नेतृत्व अधिनायकवादी बन्न खोज्छ।केही युवा नेताहरु भन्नू हुन्छ अब पार्टीमा युवा नेतृत्व हुनुपर्छ त केही भन्छ पुरानै नेताहरुको योगदान ठूलो छ उहाँहरु नै हुनुपर्छ।
तर अब कांग्रेसमा युवा जतिकै जोस र पाका जतिकै होस भएको नेतृत्व आवश्यक छ।
जसले युवाहरुलाई समेटेर काम गर्न सक्ने र पाकाहरुलाई सम्मान गर्न सकोस।जिल्ला र दुरदराज पुगेर कार्यकर्ताको भावना बुझुन र देशको हितमा काम गर्न सकुन।कतीले भन्छन् कांग्रेस सकियो, समाप्त भयो। कालो बादलभित्र चाँदीको घेरा देखिए जस्तै कांग्रेस पार्टीभित्र सम्भावना बोकेका, निष्कलंकित र आशा गरिएका नेताहरु अझै छन्।
पार्टीभित्र अहिले शीर्ष पंक्तिमा देखिएका नेताहरुमा राम्रो विकल्पको रुपमा डा शेखर कोइराला देखिएका छन।कार्यकर्ताले भरोसा गरेका, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति बुझेका र पार्टी भित्र बैचारिक र निष्ठाको लडाईको नेतृत्व गरिरहेका डा शेखर, ।
जसले युवा नेताहरु धनराज गुरुङ,चन्द्र भण्डारी,गगन थापा, गुरुराज घिमिरे, ,बद्री पाण्डे, प्रदिप पौडेल, कल्याण गुरुङ,रामकृष्ण यादव लगायतलाई समेटेर सबल,सक्षम र समृद्ध कांग्रेस निर्माण गर्न सक्छ।त्यसमै कांग्रेस र देशको भलाइ छ देशैभरका कार्यकर्ताको पनि यहि चाहना छ।
दिनेश शर्मा - नेबिसंघ TU का उप सभापति ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment