Sunday, June 14, 2020
पुनर्वास युथ नेटवर्कद्वारा दिप प्रज्ज्वलन
-सुनिलकुमार लो
कञ्चनपुर, ३२ जेठ ।
संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको खुशियालीमा सनिवार पुनर्वास १० मा दिप प्रज्ज्वलन गरिएको छ ।
पुनर्वास युथ नेटवर्क नामक युवाहरुको समूहले पुनर्वास नगरपालिका १० स्थित पशुपति आधारभुत विद्यालयको कोरेन्टीनमा दिप प्रज्ज्वलन गरेका हुन । सामाजिक अभियन्ता निशान सिंहको नेतृत्वमा पन्ध्र जना युवाहरुको समूहले राष्ट्रिय झण्डा सहित नाराबाजी गर्दै दिप प्रज्ज्वलन गरेका थिए ।
शनिबारको प्रतिनिधि सभा बैठकले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतले पारीत गरेको थियोे । नयाँ नक्सा निसान छापमा राख्ने विधेयक संसदबाट पारीत भएको खुशियालीमा नेपालभरी सनिवार बेलुकी दिप प्रज्ज्वलन गरिएको थियोे ।
Subscribe to:
Post Comments (Atom)
Good job daju nishan
ReplyDelete