Thursday, June 11, 2020

कोरोना अपडेट : कहाँ कति संक्रमित थपिए, कति निको भए ? (विवरणसहित)

काठमाडौं
, २९ जेठ ।
नेपालमा आज (बिहीवार) एकैपटक २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएकामध्ये २३० जना पुरुष र २० जना महिला छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । कुल संक्रमितमध्ये ४२८५ जना पुरुष र ३२९ जना महिला छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक २५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार आज भेटिएका कोरोना संक्तमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण मृत्यु भएकाको कुल संख्या १५ रहेको छ भने स्वास्थ्योपचार पछि निको भएकाको संख्या ८६१ पुगेको छ ।
आज थप १८७ जना उपचारपछि निको भएर घर फर्केका छन् । जसमध्ये ८ जना महिला र १ सय ७९ जना पुरुष छन् ।
मन्त्रालयका अनुसार हालसम्म विभिन्न स्थानबाट भरीएका स्वमूल्याकंन फारमको आधारमा जम्मा ४ सय ९२ जना रेड जोनमा परेका छन् । आज काठमाडौंका १ जना ‘रेड जोनमा’ परेका छन् । हालसम्म नेपालमा ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । नेपालमा हिजो (बुधवार) एकैपटक २७९ जनामा संक्रमण पुष्टि भएको थियो ।
कहाँका हुन् थपिएका संक्रमित ?
विराटनगरमा भएको परीक्षणमा सुनसरीका ३ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा रौतहटका ३ जना, हेटौडामा भएको परीक्षणमा बाराका ७ जना र धादिङका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै जनकपुरमा भएको परीक्षणमा सर्लाहीका २ जना, रौतहटका १५ र महोत्तरीको ४ जनामा संक्रमण देखिएको छ ।
यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनामा संक्रमण देखिएको छ ।
कोसी अस्पतालमा भएको परीक्षणमा झापाका ३ जना, राप्ती अस्पतालमा भएको परीक्षणमा दाङका ८ जना, भेरी अस्पतालमा भएको परीक्षणमा रोल्पाका १४ जना र बाँकेका १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
यस्तै सुर्खेतमा भएको परीक्षणमा दैलेखका ४८ जना, सुर्खेतका ७ जना, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका १ जना, प्युठानका ७ र रुपन्देहीका २९ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताए ।
सेती अस्पतालमा भएको परीक्षणमा कैलालीका ७, बाजुरा १८ जना र बझाङका २ तथा धुलिखेल अस्पतालमा भएको परीक्षणमा पश्चिम नवलपरासीका ६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा कपिलवस्तुका १ र रौतहटका ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कति भयो जाँच ?
बिहीबारसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० र आरडिटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण भएका छन् । गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।
आईसोलेसनमा कति छन् ?
अहिले देशभरीका विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जना उपचाररत रहेका छन् ।
कति छन् क्वारेन्टाईनमा ?
देशभरी १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेका छन् ।
धादिङमा फेरी थपिए ७ कोरोना संक्रमित
धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीले लोकपथलाई बताए । रेग्मीका अनुसार उनीहरु सबै भारतबाट आए क्वारेन्टाइनमा बसेका थिए ।यसअघि बुधवार मात्र धादिङका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कुन प्रदेशमा कति छन् संक्रमित ?
प्रदेश नम्बर १ का १३ जिल्लामा संक्रमण फैलिएको छ भने कुल ३ सय ७ जना संक्रमित छन् ।
प्रदेश २ का सबै ८ जिल्लामा संक्रमण फैलिएको छ भने १ हजार ६ सय ७१ जना संक्रमित छन् । कोरोनाको कारण नेपालको प्रदेश नम्बर २ सबैभन्दा बढी प्रभावित भएको छ ।
वाग्मती प्रदेशमा १२ वटा जिल्लामा संक्रमण फैलिएको छ भने १ सय ४७ जनामा संक्रमण फैलिएको छ ।
गण्डकी प्रदेशमा ९ वटा जिल्लामा संक्रमण फैलिएको छ भने १ सय ४७ जना मा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश ५ मा १२ वटा जिल्लामा संक्रमण देखिएको छ भने १ हजार ३ सय ९९ जना संक्रमित छन् । संक्रमणको हिसाबले यस प्रदेशमा २ नम्बर पछि 
सबैभन्दा  धेरै प्रभाव परेको छ ।
कर्णाली प्रदेशका ९ जिल्लामा संक्रमण देखिएको छ । कुल ७ सय ५९ जना संक्रमित भएका छन् ।
र सुदूरपश्चिम प्रदेशमा ९ जिल्लामा यो संक्रमण फैलिएको छ । यहाँका कुल १ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

No comments:

Post a Comment