Thursday, June 11, 2020

कोरोना संक्रमण विरुद्ध लडन पुनर्वासमा सर्वपक्षीय बैठक

 
-सुनिलकुमार लो

कञ्चनपुर, २९ जेठ ।
कोरोना संक्रमितको संख्या बढन थालेपछि कोरोना संक्रमण विरुद्ध लडन पुनर्वासमा विहिबार सर्वपक्षीय बैठक बसेको छ ।
पुनर्वास नगरपालिकाको प्राङ्गणमा बसेको बैठकको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी पुनर्वास नगर कमिटीका अध्यक्ष पदम पुजाराले गरेका थिए । प्रमुख अतिथिका रुपमा पुर्व सहायक मन्त्री तथा नेकपा केन्द्रिय सदस्य लालबहादुर विश्वकर्मा थिए । त्यसैगरी अतिथिका रुपमा प्रदेश सभासद तारालामा तामाङ, नेकपा कञ्चनपुरका अध्यक्ष वीर बहादुर थापा( पाताल), पुनर्वासका मेयर जीवनराज थापा लगायत पुनर्वासका अगुवा कार्यकर्ताहरुको उपस्थिति थियोे ।
त्यसैगरी नेपाली काङ्ग्रेसका तर्फबाट नेता तथा समाजसेवी तोय प्रसाद शर्मा, समाजसेवी भरत बिष्ट, व्यवसायी बिन्दु श्रेष्ठ , समाजसेवी हरिप्रसाद अधिकारी, नेपाली काङ्ग्रेस पुनर्वास सभापति यम प्रसाद पौडेल, नेतृ चमेली तामाङ लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
बैठकमा बोल्दै नेपाली कांग्रेस पुनर्वासका सभापति यम प्रसाद पौडेलले नगरपालिकाले कोरोना रोकथामका लागि गरेको प्रयास अपर्याप्त भएको जिकिर गरे । सभासद तारालामा तामाङले काम गर्ने क्रममा सानोतिनो कमिकमजोरी हुनु स्वभाविक भएको बताउँदै पुनर्वास नगरपालिका टिमले गरेको प्रयासको सह्राहना गरे ।
पुनर्वास नगरप्रमुख जीवनराज थापाले सबै मिलेर आआफ्नो ठाउँबाट काम गरे कोरोना विरुद्धको लडाइँ सफल हुने विचार राखे ।
अधिकांश वक्ताहरुले सबै मिलेर कोरोना लाई जितौ अनि मान्छे बचे भने राजनीति गरौंला भन्ने आशयका भनाइहरु राखेका थिए ।
पुनर्वास नगरपालिकामा हालसम्म दुई स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मी सहित १९ जनामा कोरोना संक्रमण देखिएको छ । पुनर्वास नगरपालिका क्षेत्रका क्वारेन्टाईनमा बसेकाहरुले पिसिआर परीक्षण एव उचित व्यवस्थापनको माग अघि सार्दै आईरहेका छन् । पुनर्वास नगरपालिका मेयर जीवनराज थापाले धैर्यता गर्न अनुरोध गरेका छन् । कोरोना रोकथामका लागि सबैको भूमिका हुने भएकाले लकडाउन पालना गर्न आग्रह गरेका छन् । भारतीय सीमासंग जोडिएको पुनर्वास नगरका जनप्रतिनिधीहरु र सामाजिक अभियन्ताहरु कोरोना रोकथामका लागि अहोरात्र खटिरहेका छ्न ।

No comments:

Post a Comment