Sunday, June 7, 2020

र्‍यापिड टेस्टको भर नपरौं, पिसिआर मेसिन खरिद गरौं ।

-रुपेश बि.क.
कोरोना रोकथाम नियन्त्रण बाहिर गईरहेको छ । भारतबाट प्रवेश गर्ने व्यक्तिहरुको संख्या दैनिक ५ हजारौको संख्यामा छ । यसले कोरोनाको संक्रमण तीब्र रुपमा फैलाईरहेको छ । केही समय यता PCR स्वाब नमुना संकलनको रिपोर्टले पनि देखाई सकेको छ। अब पनि यस विषयमा सचेत नहुने हो र यस्तै सुस्त गतिमा रोकथामका कार्यहरु गर्ने हो भने सुदूरपश्चिम प्रदेशका विकट गाउँगाउँमा समेत कोरोना संक्रमित विरामीको संख्याले बढने निश्चित छ। अहिलेको अवस्थामा पुग्दा समेत PCR चेक जाँचको दायरा नबढाउने हो भने केही दिन भित्रमा नै कोरोनाले उग्र रुप लिने पक्का छ। प्रवासबाट आएका व्यक्तिहरु र नेपालमा बस्दै आएका शंकाको घेरामा रहेका व्यक्तिहरुको RTD ( Rapid Test Diagnostics ) मात्रै गर्नुको कुनै औचित्य नै छैन । यसले दिने नतिजा भरपर्दो नभएको पुष्टि भईसकेको अवस्थामा सबै व्यक्तिहरुमा RTD गर्नु समस्या समाधानको विकल्प होईन । PCR ( Polymerase chain reaction ) मात्रै शत प्रतिशत भरपर्दो माध्यम हो । कोरोना संक्रमण भए न भएको पुष्टि गर्ने । यसैलाई नै प्रयोगमा ल्याउनु बाहेक हामीसङ्ग अन्य कुनै विकल्प पनि छैन । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा संकलन गरेका पिसिआर (PCR) नमुना परिक्षणका लागि प्रदेशभरी रहेको एउटै मात्रै परिक्षण केद्र क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला धनगढीमा चेकजाँच गराउनु पर्ने बाध्यात्मक अवस्था छ। जसको दैनिक स्वाब नमुना जाँंच क्षमता २५० मात्र रहेको छ। दैनिक सयौ स्वाब जाँचका लागी नमुना संकलन हुने गर्दछ र नतिजाका लागि धेरैदिन सम्म पर्खिनु पर्ने अवस्था समेत रहेको छ । यसको विकल्पमा र धेरै भन्दा धेरै परिक्षणको दायरा बढाउन र नतिजा प्राप्त गर्नको लागि कंचनपुर जिल्ला भरिका ७ वटा नगरपालिका र २ वटा गाउँपालिका मिलेर कंचनपुर जिल्ला भरिका PCR स्वाव परिक्षणका लागि RT-PCR (Reverse Transcription-Polymerase Chain Reaction) मेसिन जडान गर्न सकिन्छ । RT-PCR मेसिनको जडान सहितको मूल्य ४०-५० लाख मात्रै पर्दछ। र यो एउटा नगरपालिका र गाउँपालिकाका लागि ठूलो रकम भएपनि जिल्लाभरीका पालिकाहरुले संयुक्त रुपमा लगानी गरे कुनै ठूलो रकम होईन । एउटा स्थानीय तहले भागमा करिब करिब ५,५५,५५६ रुपिया मात्रै हुन आउँछ । कोरोना रोकथाम नियन्त्रण तथा PCR स्वाव जाँचको दायरा बढाउनका लागी जिल्लाभरका
स्थानीय तहहरुको संयुक्त प्रयासमा RT-PCR मसिन जडान गर्नुपर्दछ र यहि नै अन्तिम विकल्प हुन सक्दछ। उक्त कार्यका लागि सम्पूर्ण स्थानीय तह प्रमुख , केन्द्रिय सांसद ज्यूहरुले प्रमुख भूमिका निर्वाह गरेर चाँडो भन्दा चाँडो RT-PCR मेसिन जडानका लागी पहल गर्नुपर्दछ।

No comments:

Post a Comment